मजदुर मैत्री एनआरएनका लागि मजदुर नै अध्यक्ष : सञ्जिव कुमार राई


उदयपुरमा जन्मिएका सञ्जिव कुमार राईका ठूला सपना थिएनन् । त्रिभुवन विश्वविद्यालयबाट जुलोजीमा मास्टर गर्दै गर्दा उनले धेरै खर्च नगरि राम्रो आम्दानी हुने कोरियाली भाषा र कोरियाका बारेमा सुने । घरैमा बसेर उनले भाषा परिक्षा दिए र पास गरे । त्यस्तैमा उनको मास्टर डिग्रीको पढाई पनि सकियो ।
औपचारिक पढाई सकिएको केही समय पछि नै उनी ईपिएस मार्फत कोरिया उडे । सन् २०१३ मा कोरिया आएका उनले पहिलो कार्यअवधि सकाए । नेपाल गए । दोस्रो पटक कोरिया आए पछि उनले विभिन्न संभावनाका ढोका चहारे । उनलाई यहाँको नियम अनुसार दक्ष कामदारको रुपमा पाईने ई सेभेन भिसा पाए ।
उनले सामाजिक कार्यहरु पनि निरन्तर गरे । किम्हे बुसान क्षेत्रमा न्यू भिजन ग्रुपको बारेमा थाहा नहुने कमै छ । विभिन्न सामाजिक कार्यसँगै मनोरञ्जनात्मक कार्यक्रम गर्ने न्यूभिजनका उनी संस्थापक अध्यक्ष हुन् । त्यति मात्रै होइन उनले गैर आवासीय नेपाली संघ (एनआरएनए)मा पनि सक्रिय सहभागिता जनाउँदै आएका छन् ।
पहिलो पटक उनी सन् २०१९ देखि २०२१ को कार्यकालमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिए र जिते पनि । दोस्रो पटक उनी सन् २०२१ देखि २०२३ सम्मका लागि बरिष्ठ उपाध्यक्षमा सहमतिमै चुनिए । कोरियामा रहेका विभिन्न क्षेत्रीय र जातीय संघसंस्थामा पनि उनी निरन्तर लागि रहेका छन् ।
झन्डै एक दशकको कोरिया बसाईमा उनले धेरै पटक सुने कोरियामा हरेको एनआरएनए मजदुर मैत्री बनाउने । उनी आफै पनि दुई कार्यकाल गैर आवासीय नेपाली संघको कार्यकारी पदमा बसे । ईमान्दार भएर काम गर्न खोजे । कति उनका कुरा सुनियो कति सुनिएनन् । ‘उपाध्यक्ष पदमा बसेर गर्न सक्ने मैले गरेको हुँ । एनआरएनएमा भएका आर्थिक हिनामिनाका कुरा गरेँ । बाहिर जति सुनिनु पर्ने र भन्नु पर्ने त्यो चाहि मैले भनेनछु । मुख्य पदमा नपुगी आफैले चाहेको जस्तो काम नहुने रहेछ । त्यसैले यो पटक मेरो उम्मेद्वारी हो ।’
राई कोरियामा रहेको एनआरएनएमा ईपिएस मार्फत आएर अध्यक्षका उम्मेद्वार दिने पहिलो ब्यक्ति हुन् । कोरियामा झन्डै ५० हजार नेपाली छन् । ४० हजार भन्दा बढि नेपाली ईपिएस मार्फत नै कोरियामा छन् । त्यस पछि विद्यार्थी र व्यवसाय गरेर बसेका नेपाली । एनआरएन कोरियाकै सदस्यता लिएका ४ हजार ८ सय ७६ मध्ये अधिकांश ईपिएस मार्फत आएका नेपाली हुन् । ‘कोरियामा सबै भन्दा बढि ईपिएस मार्फत आएका साथीभाइ छन् । अनि हाम्रै नेतृत्व गर्ने दिन भनेकै यहि हो । म सच्चा मजदुर मैत्री एनआरएनए बनाउँछु ।’
उनले अध्यक्षमा जिते गर्ने कामका लिस्ट लामै छन् । ती सबै कति पुरा होलान् यसै भन्न गाह्रो छ । ‘हामीसँग अहिले ४० बर्ष भन्दा मुनिका टिम छौं । युवा जोस जाँगरले भरिएकोले पनि हाम्रा कुरा पुरा हुन्छन् भन्ने हामीलाई विश्वास छ ।’
पारदर्शीता नभएकोले अहिलेको कोरियाको एनआरएनएमा नेपालीको विस्वास नभएको उनको ठम्याई छ । ‘हाम्रो टिमले जित्यो भने हामी सबै बैठक लाईभ गर्छौ । क्षेत्र अनुसार दोभाषेको व्यवस्था पनि गर्छौं ।’
कुनै बेला तेक्वान्दोका खेलाडी राई म्युजिक भिडियो पनि खेल्थे । कोरियामा आए पछि भने काम र समाजिक संघ संस्थाको जिम्मेवारीले फुर्सत पाएका छैनन् । ‘खुकुरीको चोट अचानोलाई थाहा हुन्छ । म पनि मजदुर हुँ । कोरियामा भएको एनआरएन पनि मजदुर मैत्री हुनु पर्यो । त्यसैले यो पटक मलाई भोट दिनुस् ।’
चुनाब लागेको बेला भोट माग्नु सामान्य नै भयो । उनले पनि मागे । निर्णय तँपाईको ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने
  • इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा
  • नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट
  • छुसकमा नेपकोर नाइट हुने
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...