Advertisement
SKIP THIS

प्रथम उल्सान कप फुटबल प्रतियोगिता २०२३ को उपाधि नाम्जी फुटबल क्लब बिजयी


बिश्व ब्यापी महामारी कोरोना कोभिड भाइरस रोगको प्रकोपबाट ग्रसित लामो समयको अन्तरालपछि उल्सान फुटबल क्लब र हिमालय फुटबल क्लबको संयूक्त रुपमा आयोजना गरिएको प्रथम उल्सान कप फुटबल प्रतियोगिताको उपाधि नाम्जी फुटबल क्लबले चुम्न सफल भएको छ ।
दक्षिण कोरियाको दक्षिणी भेगम़ा अवस्थित अति सुन्दर उल्सान शहरम़ा सम्पन्न भएको फाइनल खेलमा नाम्जी फुटबल क्लबको तर्फबाट रमेश गुरुङ्ग र सन्तोष शेर्माको १/१
गोलको मदतले गुनसान फुटबल क्लबलाई शुन्यको बिरुद्ध दुई गोलले पछि पार्दै नाम्जी फुटबल क्लब प्रथम उल्सान कपको बिजेता बन्न सफल भएको थियो ।
कर्मभूमिमा रहेर एकताको भावना र आत्मा सम्मानको सामुहिक भेटघाट साथै खेलकुदको मध्यमबाट मनोरन्जन होस् भन्ने हेतुले आयोजना गरिएको उक्त फुटबल प्रतियोगितामा आयोजक सहित २१ फुटबल टिमको सहभागिता रहेको थियो ।
” बि ” पोलबाट सेमीफाइनलम़ा मोक्पो फुटबल क्लबलाई पराजित गरि गुनसान फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने ” ए ” पोलबाट सुवन फुटबल क्लबलाई पराजित गर्दै नाम्जी फुटबल क्लबले फाइनल भिड्न्त सुरक्षित गरेको थियो ।
उक्त फुटबल प्रतियोगिताको बिजेता टिम नाम्जी फुटबल क्लबले नगद ३० लाख वान सहित ट्रफि मेडल र प्रमाण पत्र हासिल गर्यो भने उपबिजेता टिम गुनसान फुटबल क्लबले नगद २० लाख वान ट्रफि मेडल र प्रमाण पत्रम़ा चित्त बुझाउन बाध्य भएको थियो ।
साथै ब्यक्तिगत विधा तर्फ उत्कृष्ट गोलरक्षक गुनसान फुटबल क्लबका शरण खडका चुनिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार मोक्पो फुटबल क्लबका अबिनाश कार्की, उत्कृष्ट रक्षापन्त्ति नाम्जी फुटबल क्लबका हरि हरेन्द्र थापाले प्राप्त गर्यो भने सर्बोकृष्ट खेलाडीको उपाधि नाम्जी फुटबल क्लबका खेम मगरलाइ घोषित गरिएको थियो १ उत्कृष्ट खेलाडीहरुलाइ प्रोत्साहन स्वरूप जनही १/१ लाख वान र ट्रफि प्रदान गरिएको थियो भने प्रत्येक म्याचम़ा man of the match को पनि व्यवस्था गरिएको थियो ।
कार्यक्रमको समापन समारोहम़ा अतिथिहरु नेपाल फुटबल महासंघका ब्रो o तमू , उल्सान बैदेशिक सहायता केन्द्रका निर्देशक park yuree , फुटबल क्लबका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
सहयोगी दाताहरु GKS टेलिकम पार्टनर , Namaskar restaurant , JRF Global Remittance Company, Ulsan Nepal Community, Ulsan Support Center For Foreign Residents लगायत आन्याङ्ग नेपाली समाज, नेपाल तामांग घेदुङ्ग बुसान शाखा, नेपाल परोपकार समाज थेगु अन्य सहयोगी ब्यक्तित्बहरु रहेको थियो भने मिडिया सहयोगी Goalnepal. Com ले प्रत्यक्ष प्रशारण गरेको थियो ।
अत्यन्तै व्यवस्थित र सौहार्दपूर्ण बातावरनम़ा सम्पन्न उक्त फुटबल प्रतियोगिता कार्यक्रमलाइ सब्य, भब्य रुपमा सफल बनाउन अहोरात्र खटिनु हुने स्वयम सेवकहरु, उपस्थित सम्पूर्ण फुटबल क्लबहरु र हातेमालो गरिदिने सहयोगी दाताहरुलाइ आयोजक कमिटीका संयोजक फिलिप गुरुङ्गले स्वागत धन्यबाद ज्ञापन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • एनआरएनए कोरियाको संरक्षकमा डा. प्रकाश धमला र लक्ष्मी गुरुङ चयन
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...