सेक्स नितान्त व्यक्तिगत कुरा हो – मोडेल तथा डान्सर शालु गौतम
तनहुको दुलेगौडा जन्मेकी शालु गौतम अहिलेकी चर्चित मोडेल हुन् | थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरि सकेकी गौतमले गीत पनि आउने गर्छिन | उसो त उनि पहिलो नेपाली बेली डान्सर रुपमा पनि चिनिन्छिन | बेली डान्स मात्र हैन हिप हप र टिफिकल डान्समा पनि पोख्त गौतम पेशाले ब्युटीसियन हुन् | पोर्चुगलमा बस्दै आएकी गौतम नेपाल आएर डान्सर भन्ने उत्प्रेरणा कसरी जाग्यो र समाजले डान्सरलाई हेर्ने दृष्टिकोण कस्तो छ त यसै सेरोफेरोमा रहेर फोनिजकोरिया संवाददाता निश्चल काउचाले गौतमसंग गरेको कुराकानी :-
अहिले के गर्दै हुनुहुन्छ ?
यसपाली मेरो आफ्नै स्वरमा तीजको गीत बजारमा आउदै छ | त्यसैको तयारी गर्दै छु अनि स्टेज प्रोग्रामहरुमा ब्यस्त छु |
पेशाले ब्युटीसियन बेली डान्समा कसरी लाग्नु भो ?
डान्स मेरो रुचिको बिषय हो | यसको अलावा अन्य कामहरु पनि गरिरहेकी छु |
नाच्ने मान्छेलाई नेपाली समाजले हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?
म नाच्ने मात्र काम गर्दिन | मेरो आफ्नै ब्यवसाय पनि छ | मेरो हबी डान्स गर्ने हो जसमा म खुसी , सुख सबै कुरा पाउछु त्यसैले जसले जे सोचे पनि भने पनि मलाई त्यती फरक पर्दैन र समाजले के भन्ला भनेर म सोच्दिन |
तपाईलाई त बिकिनी गर्ल पनि भन्छन नी?
भन्नु हुन्छ | बिकिनी लगाउदा सुहाउदो फिगर छ | बिकिनी लगाएर फोटो लिन्छु | स्विमिङ्ग जान्छु | यस्तो गर्दा बिकिनी गर्ल भन्नु हुन्छ भने म खुसी छु |
कसैले सेक्सी भन्दा कस्तो लाग्छ ?
सेक्सी , हट देखिनु जो कोहीको बशको कुरा होईन | कसैले सेक्सी भन्छ भने मलाई त खुसी लाग्छ |
मोडलिङ गर्न सजिलो कि गाउन सजिलो ?
सबै काम गर्न गाह्रो छ | मानिसलाई कुनै पनि काम गर्न सजिलो छैन |
प्रेम प्रस्ताब राख्नेहरु टन्नै होलान नी ?
हुनुहुन्छ तर खोजे जस्तो पाएकी छैन |
कसैले शारीरिक सम्पर्कको प्रस्ताब राख्यो भने के भन्नु हुन्छ ?
कसैले प्रस्ताव राख्नु एउटा पाटो भो | त्यो बिषयलाई कसरी लिने भन्ने मेरो अधिकारको कुरा हो | कसैले प्रस्ताव राख्दैमा पाईने चिज पनि होईन | सेक्स नितान्त व्यक्तिगत कुरा हो |
नेपालमा बेली डान्सको भविष्य कस्तो छ ?
मेहनत गरेर काम गर्न सके सबै कुराको भबिष्य राम्रो नै छ जस्तो मलाई लाग्छ | मेरो सवाल भन्नु पर्दा म डान्सर र गायिका सिमित भएर बस्ने गरेकी छैन र बस्न पनि सक्दिन |
विदेशको पिआर भएको मान्छेलाई नेपाल आएर मोडलिङ र डान्स गर्न केले तान्यो ?
यो मेरो रुचिको बिषय हो | त्यसैले मैले चाहेका सबै चाहनाहरु सम्भव भएसम्म पुरा गर्ने प्रयास गर्ने बानि छ | यहि चाहनाहरु पुरा गर्ने धुनमा अहिले म नेपालमा छु |
भावी योजना के छ ?
सफल बिजनेस वोमन बन्ने छ |
अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
पहिलो चोटी मेरो स्वरको तिज गीत बजारमा ल्याउदैछु | गीत सुनेर मनोरंजनका साथै प्रतिक्रिया पनि दिनु होला स्रोताहरुको सल्लाह सुझाब नै मेरो लागि माया हुनेछ | देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली सामु मेरो केही कुरा राख्ने मौका दिनु भएको फोनिज कोरियालाई धन्यवाद |