Advertisement
SKIP THIS

सम्बन्ध सुधारका लागि जापानी प्रधानमन्त्री १२ बर्ष पछि सोलमा


कोरियाली राष्ट्रपति युन सुक यल ५२ दिन अघि टोकियोमा पुगेका थिए । दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई सुधारका लागि ठ्याक्कै १२ बर्ष पछि कोरियाली राष्ट्रपतिले जापानको भ्रमण गरेका हुन् । सन् १९१० देखि १९४५ सम्म जापानले कोरियालाई आफ्नो उपनिवेशन बनाए देखि नै कोरिया र जापानको सम्बन्ध राम्रो छैन ।
ठ्याक्कै १२ बर्ष पछि नै जापानी प्रधानमन्त्री फूमियो किशिदा दक्षिण कोरियाको दुई दिने भ्रमणमा आइतबार सोल आइपुगेका छन् । एसियाको दोस्रो र चोथौ आर्थिक हैसियत भएको देशको सम्वन्ध सुधारका लागि यो भ्रमण गरेका हुन् ।
कोरियामा जापानसँगको अहिलेका राष्ट्रपतिको कार्यशैलीलाई धेरै जनताले भन मन पराएका छैनन् । प्रतिपक्ष दल दुई महिना देखि नै राष्ट्रपतिको कार्यका विरुद्ध सडक आन्दोलनमा छ । तर आज दुबै देशका नेताले एकै स्वरमा दुबै देशको सम्बन्ध सुधार गर्नु पर्ने र उत्तर कोरियासँग कडा रुपमा प्रस्तुत हुन पर्ने बताएका छन् ।
कोरिया १९१०–४५ सम्म जापानको औपनिवेशिक शासनको अधीनमा हुँदा जापानी कम्पनीहरूले कोरियालीहरुलाई कडा श्रम गर्न बाध्य पारिएको र केही कोरियालीहरूको ज्यान गएको भन्दै आफन्तले क्षतिपूर्तिको दिन कोरियाली अदालतमा मुद्दा दायर गरेका थिए । लामो सयम देखि चलेको विवादित् मुद्दा दुई महिना अघि कोरियाली सर्बोच्च अदालतले धेरै समय अघि नै भएको घटनाको क्षतिपुर्ति अहिले माग्न नमिल्ने निर्णय गरेको थियो । यो निर्णय धेरै कोरियालीले सोचे भन्दा फरक आएको थियो ।
कोरियालीहरुले यस अघिको राष्ट्रपति मुन जे इनको कार्यकालकोे अन्त्य तिर जापानद्धारा आर्थिक नाकाबन्दी व्यहोरेका थिए । त्यसको प्रतिरक्षाका लागि कोरियालीहरुले पनि कतिपय जापानका सामानमा प्रतिवन्ध लगाएका थिए भने कोरियामा भएको जापानका कतिपय उत्पादनलाई वहिस्कार अभियान नै चलाएका थिए । मुन प्रशासनको बेला लागेको कतिपय प्रतिवन्ध राष्ट्रपति युनको भ्रमणसँगै फुकुवा भएको जनाएका थियो ।
दुबै देशका नेता सम्बन्ध सुधारका लागि प्रयासरत छन् । उनीहरु दक्षिण कोरिया र जापान मिलेर चीनसँगको सम्वन्धलाई परिवर्तन गर्न चाहन्छन् । टोकियो र सोल यही भेट मार्फत दुई देशको राष्ट्रिय सुरक्षा, उन्नत उद्योग, विज्ञान तथा प्रविधि र सांस्कृतिक आदानप्रदानका बारेमा छलफल गरेर ठोस निर्णयमा पुग्न चाहन्छन् । साथै दुई नेताको भेटले इन्डो–प्यासिफिक क्षेत्रले सामना गरिरहेका विभिन्न चुनौतिहरूलाई सम्बोधन पनि गर्न सक्ने कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...