कतार छोडेर गाउँमै कृषि फर्म


काठमाडौं-कतारमा पसिना बगाउँदा उनको कमाइ राम्रै थियो । मासिक लाख रुपैयाँभन्दा बढी कमाउँथे यहाँको कोलेली गाउँका युवा कृष्ण दवाडीले । यतिको कमाइ भए पनि उनमा सन्तुष्टिचाहिँ कत्ति पनि भएन । गाउँ र परिवार छाडेर तातो घाम खाँदै काम गर्नुको पीडाले उनलाई गलायो ।
 
‘विदेशको राम्रो कमाइ छाडेर गाउँमै केही गर्न आइपुगेका यिनले आफ्नो मात्र नभई समग्र गाउँको उत्पादन संकलन गरी बजारसम्म पुर्‍याइदिने काम गर्दै आएका छन्,’ स्थानीय राम गुरुङले भने, ‘धेरै युवालाई अहिले उनको कर्मले गाउँमै बसेर कृषिमा लाग्न हौसला मिलेको छ ।’ पछिल्लो केही समययता दवाडीको देखासिकी गरेर अन्य युवाहरूले पनि कृषि क्षेत्रलाई महत्त्व दिन थालेको उनले बताए । कतारको गाभा कम्पनीमा १२ सय नेपालीलाई ‘ह्यान्डेल’ गरेर काम गर्ने गरेको बताए । कमाइ राम्रो भए पनि उनी लामो समय त्यहाँ टिक्न सकेनन् । आफ्नै गाउँ–ठाउँमै गएर केही गर्ने योजना बनाए । कतार पुगेको चार वर्षपछि गाउँ फर्किए ।
 
अहिले गाउँमै कृषि क्षेत्रमा लागेर रमाइरहेका छन् । चार वर्षदेखि उनले गाउँमा मर्दिहिमाल कृषि फार्म सञ्चालन गरेर कृषिकर्म गरिरहेका छन् । अझैपनि उनको फार्महाउस बिस्तारकै क्रममा छ । गाईभैसी पालेर उनले दैनिक २ सय ५० लिटर दूध पोखरा बजारमा पुर्‍याउँछन् । आफ्नो मात्र हैन गाउँमा उत्पादन भएका सबै कृषिजन्य वस्तुहरू बजारमा ढुवानी गराउँदै आएका छन् ।
 
उत्पादन, संकलन र ढुवानीको काममा समेत उनले सहयोग गर्दै आएको स्थानीय बताउँछन् । यसले धेरैलाई कृषि उत्पादन गर्नेतर्फ अग्रसरसमेत गराएको छ ।-कान्तिपुर
 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...