Advertisement
SKIP THIS

सुन्छन महोत्सव हेरेर फर्किदा


ग्लोवल लोकल लिडर, अर्थात् ख्यङसाङनाम्दो प्रान्तको बहुसाँस्कृतिक परिवारभित्रका प्रगतिशिल महिलाहरुको समूह । विभिन्न मुलुकको कलासंस्कृतिलाई आदानप्रदान गर्दै स्थानीय तहमा जनचेतना जगाउदै सामाजिक क्षेत्रमा हातेमालो गर्दै अघि बढ्ने लक्ष्यसहित ख्यङसाङनाम्दो बहुसाँस्कृतिक परिवार केन्द्रको मातहतमा रहेर गतवर्षदेखि सुरु भएको उक्त समूह ‘ग्लोबल लोकल लिडर २०२३’ मा भने मैंले पनि सहभागिता जनाएको छु । यहि समूहको दोस्रो कार्यक्रम
अन्तर्गत गत शनिबार झल्लानाम्दोको सुन्छन शहरमा रहेको ऐतिहासिक तथा अत्यन्तै रमणीय स्थलमा चलिरहेको ‘सुन्छनमान अन्तर्राष्ट्रिय गार्डेन एक्सपो २०२३’ को लागि हाम्रो टोली छाङवनबाट निस्कियो ।
झण्डै २ घण्टा लामो बस यात्रालाई रौनकता छर्दै आयोजक ख्यङसाङनाम्दो बहुसाँस्कृतिक परिवार केन्द्रका कर्मचारीहरुले क्वीज गेम गराएर समयलाई भुलाइरहेका थिए । त्यहि बिचमा २७ वर्षदेखि कोरियालाई कर्मथलो बनाएर ट्रेकिङ गाइडको काम गर्दै आएकी चिनियाँ दिदी सोङ युनहेले चीनबाट आएर कोरियामा गरेको संघर्षको कथा, सफलताका गाथासँगै ट्रेकिङ गाइड गरेर कमाएको पैसाले आफ्ना श्रीमानलाई उपहार स्वरुप महंगो कार किनि दिएको प्रसंगलाई पनि खोतल्न भ्याइन् । सुन्छनमा पुगेर दिनको खाना खाएर हामी महोत्सव स्थलतिर लम्कियौं ।
बाटोको दुबैतिर विभिन्न मुलुकका झण्डाहरु फरफराइरहेका थिए । “ऊ इन्डियाको झण्डा”, मैंले छेउमा बसेको साङमोलाई देखाउदै भनें ।
“हो त रछ नेपालको चाही खोइन त?”
“नेपालको झण्डा अरु देशकोसँग आकार फरक भएर होला नि”, मैंले ठट्यौली पारामा जवाफ फर्काएँ ।
हामी बसबाट ओर्लेर भित्र पस्न लामबद्ध भयौं । मान्छेको भिड ठुलै थियो । कोरोनाको मारमा करिब ३ वर्ष जति भिडभाडबाट टाढिएका हामी खुलेआम हिड्न पाउदा आफैंलाई स्वतन्त्रता पाएको महशुस भइरहेको थियो । टिकट हातमा लिएर आफुसँगै आएका साथीहरुबाट छुट्टिने पो हो कि भन्ने डरले आँखा तन्काउदै साथी पछ्याउने सुरमा मैंले मेरो फोन बसमै छाडेको पत्तै पाइन । फर्कौं बस कता खोज्ने ‘आ~होस्’ भन्दै साथी पछ्याएर भित्र पसें ।
‘आहा ! कति सुन्दर ठाँउ’ मन पुलकित भयो तर केले खिच्ने फोटो? हरियो दुबोमाथी थचक्कै बसें ।
“दिदी, मेरोबाट खिच्दा भइहाल्छ नि यी लिनुस् फोन बरु तपाई नै खिच्नुस्”, साङमोले आफ्नो फोन मलाई नै थमाइदिइन् ।
सामुहिक तस्विर लिएपछि हामी रंगीचंगी फुलेका फूलहरुसँग रमाउन थाल्यौं । केहीबेरपछि छरपस्टिएको हाम्रो टोली जम्मा भयौं । हामीलाई गाइड गर्ने महिला आइन् । हामी उनको पछि लाग्यौं । उनले पार्कको ऐतिहासिक महत्व, साँस्कृतिक पक्ष, भौगोलिक अवस्था जस्ता सुन्छन सहरलाई प्रतिनिधित्व गर्दै बनाइएको पार्कको बारेमा जानकारी दिदै अघि बढिन्। पार्कमा सुन्छनको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक पक्ष मात्र होइन अमेरिका, बेलायत, फ्रान्स, डेनमार्क, मेक्सिगो, इन्डोनेशिया, थाइल्याण्ड, जापान, चीनलगायतका कला संस्कृति र परिवेशलाई चित्रण गरेर बनाइएको पार्कमा पुग्दा विश्वयात्रा गरेको महशुस हुन्छ । सुन्दर बगैंचा, झर्ना, जंगल र वस्तीहरु हेर्दै समथर भूभाग र पहाडको पैदलयात्रा मात्र होइन पानी जहाज र स्काइक्युवको आनन्द पनि त्यत्तिकै लिन सकिन्छ ।
“मलाई त एक हप्ताभरी यही बसौं जस्तो लाग्यो”, ख्यङसाङनाम्दो बहुसाँस्कृतिक परिवार केन्द्रका केन्द्र प्रमुख सङ हेक्यङ भन्दै थिइन् । सुन्छनमान अन्तर्राष्ट्रिय गार्डेन एक्स्पो २०२३ गत अप्रिल १ तारिखबाट सुरु भएर अक्टोबर ३१ तारिखसम्म चल्ने भएको छ ।
तस्विरहरू

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...