मोबाइलबाटै कृषि सूचना पाउन्छन काभ्रेका किसान


काभ्रे- कुनै समय थियो, खेती किसानीका कुराको जानकारी लिन कि त कृषि कार्यालयमै पुग्नु पर्थ्यो, नभए रेडियो नेपालबाट बज्ने ‘जेटिए र बूढीआमै’ कार्यक्रम सुन्नु पर्थ्यो।प्रविधिमा आएको परिवर्तनसँगै आजकल काभ्रेपलाञ्चोक जिल्लाका ५ सयभन्दा बढी किसानहरुको हातहातै (मोबाइल) मा सूचनाहरु आउन थालेको छ।
 
खेती प्रविधि, पशुपालन, रोग–कीरा, मौसम, बजारभाउ र उत्पादित कृषिवस्तुको खरीदकर्ताजस्ता अत्यावश्यक जानकारीहरु उपलब्ध हुन थालेपछि किसानको दैनिकी समेत सजिलो बन्दै गएको छ।यसरी मोबाइलमा कृषिका सूचनाहरु आउने क्रम चलेको वर्ष दिन नाघिसकेको छ।
 
‘हरेक दिन मोबाइलमा आउने मौसमसम्बन्धी सूचना, रोगकीराको जानकारी, कृषि उपजको बजारभाउले किसानको दैनिकी सजिलो बन्न थालेको छ,’ नयाँगाउँ–५ का अगुवा किसान केशव सापकोटाले भने, ‘खेतीमा मात्रै नभई घरायसी काममा समेत मौसम सूचनाले काम दिन थालेको छ। पानी पर्दैन भनेका दिनमा गृहिणीहरुले लुगा धुने दिन बनाउँदा रहेछन्,’ उनले थपे।
 
काभ्रेका नयाँगाउँ, देउपुर, महादेवस्थान र पात्लेखेत गाविसका ५ सयभन्दा बढी किसानहरुको हातहातमै ३२३४ नम्बरबाट यस्ता सूचनाहरु आइरहेको छ। किसानहरुलाई सूचना समृद्ध बनाउनमा २५ वर्षदेखि कृषिक्षेत्रमा कार्यरत वातावरण तथा कृषि, नीति, अनुसन्धान प्रसार एवं विकास केन्द्र (सिप्रेड)ले सहयोग गरेको हो।इसिमोडसँगको सहकार्यमा सिप्रेडले तीनवटै गाविसमा ‘क्लाइमेट स्मार्ट भिलेज–सिएसभी’ कार्यक्रम सञ्चालन गरिरहेको छ।
 
यसअन्तर्गत किसानहरुलाई सूचना प्रविधिको माध्यमबाट सहयोगका साथै पानी, बाली, माटो र सूक्ष्म खाद्यतत्व व्यवस्थापनमा सहयोग भइरहेको छ।’जलवायु परिवर्तनले कृषिमा कस्तो असर पुर्या्इरहेको छ भन्ने बारेमा किसानसँगै मिलेर अनुसन्धान गर्ने र अनुकूलन हुँदै खेती गर्नमा थप मद्दत गर्न सिएसभीको अवधारणा ल्याइएको हो,’ सिप्रेडका वरिष्ठ कृषि प्राविधिक रामदेव शाहले जानकारी दिए।
 
कार्यक्रमले तीनवटै गाविसमा लेक र बेसी गरी दुई प्रकारको भूभाग छनौट गरी त्यसमै कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। स्थानीय रुपमै मौसमको सूचना संकलनका लागि यिनै भूभागमा मौसममापन केन्द्र(वेदर स्टेसन) हरु स्थापना गरिएका छन्।
 
‘किसानहरुले परम्परागत अनुभवका आधारमा खेती प्रणाली अपनाइरहेका छन्। मौसमअनुसार खेतीलाई अनुकूलन गर्न नसक्दा रोग तथा कीराको प्रकोप बढेको र उत्पादन लिने समयमा समेत फेरबदल भइरहेकोछ,’ अघिल्लो वर्ष कार्यक्रम लागू गर्दाको कठिनाइ सम्झँदै शाहले भने।
 
स्थानीय किसानहरुले पनि शाहकै भनाइ पुष्टि गरेका छन्। ‘समयमा पानी नपर्दा रोपाइँ ढिलो हुन्थ्यो। धान पसाउने समय पनि पहिलेअनुसार हुन छोड्यो। पर्याप्त पानी नभएपछि धान खेती हुँदैन भन्ने लाग्थ्यो तर धान खेतीमा एसआरआई प्रविधि आएपछि बल्ल थाहा पायौं कि हामी भ्रममा रहेछौं,’ महादेवस्थान–७ का शम्भु पराजुलीले भने।अरु बालीको दाँजोमा धानखेतीलाई धेरै पानी आवश्यक पर्ने हुन्छ। वैज्ञानिकहरुले थोरै पानी भए पनि पुग्ने तरिकाले धानखेती प्रणालीको विकास गरेका छन्।
 
नेपालको पूर्वी तराईमा सरकारीस्तरबाटै एसआरआई प्रणालीबाट धान खेतीका लागि प्रोत्साहन भइरहे पनि काभ्रेमा भने थिएन। सिप्रेडले यसै कार्यक्रममार्फत एसआरआई प्रणालीलाई महादेवस्थान र नयाँगाउँमा सुरु गरेको छ।’एसआरआई प्रणालीको धान खेतीमा कम पानी भए पुग्छ। धानको बीउ पनि परम्परागतभन्दा थोरै भए पुग्छ।
 
एउटा टेबुलको साइजजत्रो ब्याडले १० रोपनीलाई बेर्ना पुग्छ,’ वरिष्ठ प्राविधिक शाहले जानकारी दिए, ‘एउटा गाँजमा १ सय ३० वटासम्म धानको बोट भेटिएको छ। धान पाक्ने समयसमेत १० देखि १५ दिन चाँडो हुन्छ,’ उनले थपे।अमेरिकाको कर्नेल युनिभर्सिटीअन्तर्गत कलेज अझ एग्रिकल्चर एड लाइफ साइन्सेजले ५० वटा देशहरुमा एसआरआई प्रणालीको धानखेतीमा गरेको अध्ययनले २० देखि शतप्रतिशत उत्पादन बढेको, धानको बीउको आवश्यता ९० प्रतिशतसम्म कम भएको र ५० प्रतिशतसम्म पानी वचत भएको देखाएको उनको भनाइ छ।’धानलाई आवश्यक पानी पर्याप्त नभएका नयाँगाउँ र महादेवस्थान गाविसमा एसआरआई प्रणालीलाई क्रमशः लागू गर्दै जान्छौं।
 
यसका साथै धानमा हाल प्रयोग भइरहेको नाइट्रोजन मललाई समेत अनावश्यक प्रयोग हुन नदिन लिफ चार्टका आधारमा परीक्षण गरिरहेका छौं,’ शाहले भने।विगतमा गोलभेंडा खेतीको रोगकीरा नियन्त्रणका लागि रासायनिक विषादीकै भरमा रहेका यी किसानहरुले घर–घरमै विकल्पसमेत तयार पारेका छन्।’हामीले झोल मल बनाउन थालेका छौं।
 
यसको प्रयोगबाट गोलभेंडा र खुर्सानीको रोगकीरा नियन्त्रण भइरहेको छ। बजार पुगेर विषादी किन्नु पर्ने अवस्था अब छैन,’ नयागाउँ–६, तिमल्सिनागाउँका रेवतीप्रसाद सापकोटाले भने।यही प्रविधिबाट हौसिँदै नयाँगाउँ–५ का शम्भु घर्तीले गोलभेंडाको खेती थालेका छन्।
 
रोजगारीका लागि मलेसिया पुगेका उनी त्यहाँ अनेकौं हण्डर ठक्कर खाएपछि गाउँ फर्केका हुन्। ‘उत्तिबेलै यसरी खेती गर्न कसैले सहयोग गरेको भए मलाई मलेसिया भास्सिनु पर्ने थिएन। ढिलै भए पनि घर फर्केर खेती किसानीमा रमाउन पाएँ,’ घर्तीले भने |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...