Advertisement
SKIP THIS

सफ्टवेयर व्यापारबाट अर्बपति


काठमाडौं- कडा परिश्रम, सार्थक संघर्ष र लगनशीलता त्यसै खेर जाँदैन । एक न एक दिन मानिस सफलताको टाकुरोमा पुग्न सफल हुन्छन् । त्यस्तै सफलता हासिल गर्ने व्यक्तिहरूमध्येका एक हुन्, संयुक्त राज्य अमेरिकाका अलेक्सज्यान्डर कार्प । आफैंले खोलेको सफ्टवेयर कम्पनीले उनलाई सफलताको शिखरमा पुर्‍याएको हो । कम्पनी खोलेको १० वर्षमै उनी विश्वकै धनाढ्य दरिएका छन् । सुरुका दिनहरूमा उनको कम्पनी केही क्षेत्रमा मात्रै सीमित थियो, पछि सरकारी निकाय हुँदै निजी संस्थाहरूसम्म विस्तार हुन पुग्यो । तर उनले दिएको सेवाबाट मनग्ये धन आर्जन हुन सकेन । आफ्ना अतितलाई सम्झिँदै एकताकाका उनले भनेका थिए, ‘कम्पनी खोलेको सुरुका वर्षहरू मेरा लागि सन्तोषजनक थिएनन् । तर विचलित भइनँ, कम्पनीलाई सफलताको चुचुरोमा पुर्‍याउन अहोरात्र खटिरहें ।’ त्यही कारणले नै हाल उनको कम्पनी ‘प्लान्टिर टेक्नोलजिज’ अमेरिकी खुफिया संस्थाका लागि नभई नहुने स्थितिमा पुगेको छ । गोप्य तथ्य/तथ्यांकहरू विश्लेषणका लागि उनको ‘प्लान्टिर टेक्नोलजिज’ अमेरिकाकै एक लोकप्रिय निजी सफ्टवेयर कम्पनी पुग्यो । सन् २००४ मा खोलिएको यो कम्पनीका मुख्य उपभोक्ता सुरुको वर्षहरूमा संयुक्त राज्य अमेरिकाको इन्टेलिजेन्स कम्युनिटीका संघीय नियोगहरू थिए । कम्पनीको विस्तारपछि यसको सेवा ‘स्टेट’ र स्थानीय सरकारका लागि सुरु गरियो, पछि निजी कम्पनीहरूले पनि ‘प्लान्टिर टेक्नोलजिज’ का उत्पादनहरू उपयोग गर्न थाले ।
 
खासगरी ‘फाइनान्सियल’ र ‘हेल्थकेयर’ उद्योगहरूमा कम्पनीको सफ्टवेयरको व्यापक प्रयोग हुन थाल्यो । त्यसपछि कार्प कम्पनीका दुई सफ्टवेयर परियोजना एकैसाथ सञ्चालनमा ल्याए । तीमध्ये एउटा ‘प्लान्टिर गोथाम’ र अर्को ‘प्लान्टिर मेट्रोपलिस’ । ‘प्लान्टिर गोथाम’ नामको सफ्टवेयर संयुक्त राज्य अमेरिकास्थित इन्टेलिजेन्स कम्युनिटी र रक्षा मन्त्रालयले ‘काउन्टर–टेरोरिज्म’ अर्थात आतंकवादविरुद्ध अभियानमा प्रयोग गरे ।
 
खासगरी ‘रिकभरी एकान्टाब्लिटी’ र ‘ट्रान्सपेरेन्सी’ बोर्डका ‘फ्रड’ अनुसन्धानकर्मीका लागि त्यो सार्थक सिद्ध हुन पुग्यो । ‘इन्फर्मेसन बारफेयर मनिटर (घोस्टनेट र स्याडो नेटवर्क अनुसन्धान) अन्तर्गत साइबर विश्लेषण गर्नमा पनि यो सफ्टवेयर प्रयोगमा ल्याइयो । त्यस्तै ‘प्लान्टिर मेट्रोपोलिस’ चाहिँ बैंक, आर्थिक सेवा दिने संस्थाहरूमा प्रयोग भइरहेका छन् । फोब्र्सको अर्बपति सूचीमा पर्नुभन्दा एक वर्षअघि कम्पनीको ‘सीईओ’ अलेक्स कार्पले कम्पनी चलाउन नसक्ने स्थिति आएको बताएका थिए ।
 
फोब्र्स पत्रिकाका अनुसार सन् २०१४ को सुरुमा कम्पनीको सम्पत्तिको मूल्यांकन ९ अर्ब अमेरिकी डलर भई ‘प्लान्टिर’ सिलिकन भ्याली जस्तो कम्पनीमा दरियो । त्यसपछि उनी उत्साहित हुँदै त्यही वर्षको डिसेम्बरमा केन्नेथ ल्यान्गोन र स्टान्ली ड्रकेनमिलर, सीआईएको इन–क्यु–टेल, टाइगर ग्लोबर म्यानेजमेन्ट र फाउन्टर्स फन्डजस्ता नीति लगानीकर्ताहरूको खोजीमा जुटे । त्यसैक्रममा पिटर थिएल प्लान्टिरका सबैभन्दा ठूला सेयरकर्ता बन्न पुगे । यसले कार्पको भाग्य नै चम्काइदियो, कम्पनी निकै माथि उक्लियो । सन् २०१५ को जनवरीमा कम्पनीको सम्पत्ति १५ अर्ब अमेरिकी डलर पुग्यो ।
फोब्र्सका अनुसार अलेक्सज्यान्डर कार्प यो वर्षको अर्बपतिमा १५३३ औं स्थानमा परेका छन् । सन् २०१५ जुलाई १७ सम्ममा उनको कुल सम्पत्ति १ दशमलव २ अर्ब अमेरिकी डलर छ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित पालो अल्टोमा बसोबास गर्ने ४७ वर्षीय सफ्टवेयर उद्यमी कार्प यो वर्ष अमेरिकी धनाढ्यहरूको सूचीमा भने ४८७ औं स्थानमा छन् । स्टान्फर्ड विश्वविद्यालयबाट डाक्टर अफ ज्युरिसप्रुडेन्स र हार्वरफोर्ड कलजेबाट कला/विज्ञानमा स्नातक गरेका उनी हाल प्यान्टिर टेक्नोलजिज संस्थापक र सीईओ हुन् । उनको कम्पनीको हालको कुल सम्पत्ति १५ अर्ब अमेरिकी डलर रहेको बढी रहेको अनुमान गरिएको छ । कम्पनीले गुप्तचर सेवालाई थप चुस्त र दुरुस्त बनाउन अमेरिकी गुप्तचर संस्था ‘सीआईए’ लाई सफ्टवेयरमा सहयोग गरेको छ । सुरुका दिनमा कम्पनी आर्थिक संकटमा परेको बेला गुप्तचर संस्थाले पनि आर्थिक स्रोत जुटाइदिएको बताइएको छ । पछि कार्पले स्कुले साथी पिटर थिएलको सहयोगबाट आफ्नो कम्पनीलाई चम्काए ।
 
अर्बपति पिटर अमेरिकी कम्पनीहरूमा संयुक्त लगानी गर्नेमध्येका एक हुन् । कार्पले एक अन्तर्वार्तामा भनेका थिए, ‘हामीले नागरिक स्वतन्त्रतालाई बेवास्ता गर्ने हो भने आतंकवाद विरुद्धको लडाइँ लड्न र जित्न सक्तैनौं । त्यसैले नागरिक स्वतन्त्रताबिना आतंकवादमाथि लडिने कुनै पनि युद्धको मतलव हुँदैन ।’ कार्पको यो भनाइ अमेरिकाले जारी राखेको आतंकवाद विरुद्धको लडाइँसँग जोडेर हेर्ने गरिएको छ । किनभने उनको कम्पनीले बनाएको सफटेयर प्रयोग गरी अमेरिकी गुप्तचर संस्थाले निकै फडको मारेको छ । कार्प भने सफ्टवेर बेचेर अर्बपति बनेका छ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...