Advertisement
SKIP THIS

कोरियामा राजदूताबासको आठ हप्ते अनलाईन प्रशिक्षण कार्यक्रम शुरु


दक्षिण कोरियामा नेपाली राजदूताबासले श्रम सम्बन्धी विभिन्न विषयलाई समेटेर आठ हप्ते अनलाईन प्रशिक्षण कार्यक्रम गत आइतबार फेब्रवरी १९ बाट शुरु गरेको छ । श्रमिक सुरक्षा तथा सचेतना नामक कार्यक्रम हरेक आइतबार साँझ स्थानिय समय अनुसार ७ देखि ८.३० बजेसम्म अनलाईन माध्यम जुममार्फत संचालन गरिएको छ ।

कार्यक्रम अप्रिल ९ तारिसम्म संचालन हुनेछ । हरेक हप्ता फरक विषयमा सम्बन्धीत विषयका विज्ञद्धारा प्रक्षिण दिइनेछ । पहिलो हप्ता अनलाईन श्रम स्वीकृति र फेमिस प्रणली बारे इन्जिनियर राजु श्रेष्ठद्धारा प्रशिक्षण सम्पन्न भइसकेको छ । फेब्रवरी २६ तारिख दोस्रो हप्ता रेमिटेन्स व्यवस्थापन र वित्तिय साक्षरता विषयमा राष्ट्रबैकका उपनिर्देशक मणिराम श्रेष्ठले प्रशिक्षण दिनेछन् ।

त्यसैगरी मार्च ५ तारिख तनाब व्यवस्थापन र मनको दुःखबाट मुक्तिको उपाय विषयमा नेपाल सरकारबाट मान्यताप्राप्त मनोपरामर्शकर्ता सृजना ज्ञावलीद्धारा प्रक्षिण दिइने छ । मार्च १२ तारिख व्यवसायजन्य सुरक्षा विषयमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा कार्यरत इन्जिनीयर सुजन जोजुजुले प्रशिक्षण दिइनेछन् ।

मार्च १९ तारिख कोरियाको श्रम कानुन, कार्य संस्कृति र इपिएस प्रणाली विषयमा कोरियाका प्रवासी मजदुर संघ (एमटियु) का अध्यक्ष उदय राईद्धारा प्रशिक्षण दिइने छ । मार्च २६ तारिख बैदेशिक रोजगार बोर्डबाट प्रवाह गरिने कल्याणकारी सेवाहरु विषयमा बैदेशिक रोजगारका उप सचिव मैया कंडेलद्धारा प्रशिक्षण दिइने छ ।

घर फिर्ती उद्यमशिलता र सरकारी नीतिगत व्यवस्था विषयमा कोरियाबाट फर्केकाहरुको संस्था अंकुर नेपालका अध्यक्ष प्रकाश सुवेदी र राहदानी नविकरण, कन्सुलर सेवा लगायत नियोगबाट प्रवाह गरिने सेवाहरु बारे राजदूताबासका द्धितिय सचिव सूर्य थापाबाट प्रशिक्षण दिइनेछ ।

कार्यक्रमलाई एनआरएनए कोरियाले व्यवस्थापन गरेको छ । कोरियामा रहेको इपिएस श्रमिकहरुका वैदेशिक रोजगारी सम्बन्धि बिबिद विषयहरुको जिज्ञासा र समस्य समाधान गर्दै रोजगारीलाई सुरक्षित र सहज बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको श्रम काउन्सीलर चन्द्रकला वलीले आइतबार कार्यक्रम संचालन गर्नेक्रममा जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...