आदीवासी जनजाति महासंघ, जेजुकाे प्रथम बार्षिक साधारण सभा सम्पन्न


नेपाल आदीवासी जनजाति महासंघ, जेजु दो शाखा दक्षिण कोरियाको प्रथम बार्षिक साधारण सभा शनिवार सम्पन्न भएकाे छ ।  सगिफो-सी रेजिना फेन्सनमा भएकाे कार्यक्रममा जेजुमा रहेका विभिन्न संस्थाका प्रतिनिधिकाे उपस्थिती रहेकाे थियाे ।

गजिन हाङस्रोङको अध्यक्षयतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद NRNA जेजू शाखा अध्यक्ष- सुमन हाङस्रोङ, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ जेजू शाखा संरक्षक तथा कि या चु उपाध्यक्ष अर्जुन तुम्वापो रहेका थिए । त्यस्तै कार्यक्रममा अन्य अतिथिहरुमा कियाचु जेजू प्रतिनिधि तथा कोषाध्यक्ष मन कुमार तुम्रोक, नेपाल तामाङ घेदुङ संघ जेजु सचिव खगेन मोक्तान, तमुधी जेजुका निवर्तमान अध्यक्ष  मन गुरुङ,  सोलुखुम्बु समाज सेवा जेजू संयोजक  गोकुल शर्मा, NRNA निवर्तमान अध्यक्ष  कोमल प्याकुरेल रहेका थिए । वक्ताहरूले अादिवासी जनजातिका मागमा जेजु नेफिनले पनि भूमिका खेल्ने अपेक्षा गरेकाे बताएका थिए ।

कार्यक्रम संचालन महासचिव दिल बहादुर मगरले गरेका थिए भने अध्यक्षवाट वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थियाे भने विधान निर्माण समिति संयोजक अर्जुन तुम्बापो वाट विधान अनुमोदनको लागि प्रस्तुत गरिएकाे थियाे । त्यस्तै काेषाध्यक्ष सरू राईले वार्षिक आर्थिक प्रतिवेदन (आय व्यय) प्रस्तुत संगसंगै Nefin जेजु शाखा संमन्वय समिती संयोजक सुमन हाङस्रोङ लाई कदर पत्र द्धारा सम्मान गरिएको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाल बौद्ध परिवार  कोरियाको अध्यक्षमा कुसङ शेर्पा
  • नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
  • नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
  • घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...