सउल गुम्बाले ल्होसार ल्हाब्सोल योङ्गीनमा मनायो


सउल नेपाल गुम्बा दक्षिण कोरियाले २१५० औं ह्योइ (खरायो) ल्होसार पर्यटकीय क्षेत्र योङ्गीनमा मनाएको छ । आइतबार योङ्गीनको वाउजङ्सा गुम्बाको नेपाली  बुद्धको मुर्ति भएको स्थानमा ल्हाब्सोल ल्होसार मनाएको हो ।

आठ फिट अग्लो मुर्ति नेपालबाट ल्याएर नेपालीहरुले २०७५ जेष्ठमा २५६२औं बुद्ध जयन्तीको अवसरमा प्रतिस्थापना गरेको थियो । ल्हाब्सोल कार्यक्रम लामा गुरुहरुले पूजापाठबाट सुरु भएको थियो । पूजापाठपछिको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाल दुतबास सउलको उपनियोग प्रमुख रामसिं थापा रहेका थिए । उनी अर्को हप्ता आफ्नो कार्यकाल सकाएर नेपाल जाँदैछन् ।

थापालाई आयोजक सउल नेपाल गुम्बाले  विदाई, कदर पत्र र दोसल्लाले सम्मान पनि गरेको थियो । उपनियोग प्रमुख थापाको कोरिया बसाइमा सउल नेपाल गुम्बाले गरेको सहयोग र यहाँका नेपालीलाइ पुर्याएको योगदान सकारात्मक भएको बताए । उनले यस्तो कार्य कोरियामा रहेका अन्य संघसंस्थाले पनि सिकेर गर्नु पर्ने बताए ।

विदाइ कार्यक्रमलाइ सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जेले थापाले कोरियामा रहँदा नेपालीको अभिभावकीय जिम्मेवारी वहन गरेको स्मरण गरे । ‘उहाँले कोरियामा बसेको नेपालीलाइ हरेक तरिकाले सहयोग गर्नु भयो । हामी उहाँ प्रति आभारी छौं।’ लामाले भने ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका बरिष्ठ उपाध्यक्ष राजकुमार स्याङतान, ह्योल्मो सम्पर्क समितिका बाबु ज्याबा ह्योल्मो, फोनिज कोरियाका अध्यक्ष गोकुल थोकर, कोरियन आइडीआइडीका नेपाली प्रतिनिधि लगायत ल्होसारका शुभचिन्तकहरुको उल्लेखनीय सहभागी थियो ।

कार्यक्रमका केही तस्विरहरू

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...