Advertisement
SKIP THIS

कोरियाको थेगुमा मनाईने तमू ल्होसारमा दि भ्वाइस अफ नेपाल ४ की प्रतियोगी पवित्र गुरुङ आउने


कोरियाको दक्षिणी भेग थेगु सहरमा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार आउँदो जनवरी १ तारिक मनाउने भएको छ । तमू धीं दक्षिण कोरिया थेगु शाखाको आयोजनामा हिमालय टेलिभिजन प्रशारण भईरहेको दि भ्वाइस अफ नेपाल सिजन ४ नकआउट राउण्ड सम्मको यात्रा तय गरेकी कलाकार पवित्र गुरुङको साथमा थेगु स्थित Maeil Garden (대구 광역시 중구 계산동 2가 71 본지 매일 신문사 11 층) हलमा सो ल्होसार मनाउने भएको हो ।

तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गरी यस पटकको ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको तमू धीं दक्षिण कोरिया थेगु शाखा अध्यक्ष गणेश गुरुङले जानकारी दिए । कोरोना कहरको कारण विगत दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न असमर्थ रहेपनि अहिलेको जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा नेपालबाट आमन्त्रित कलाकार पवित्र गुरुङको आगमनसँगै यसपटकको ल्होसार थप ब्यापक हुने संस्थाका सचिव मदन गुरुङले विश्वास व्यक्त गरे ।

गुरुङ र नेपाली गीत गरेर झण्डै साढे दुई दर्जन गीतमा आफ्नो आवाज भरिसकेकी कलाकार गुरुङ सहित स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति रहने सो कार्यक्रममा स्वादिष्ट नेपाली खानाको परिकारको व्यवस्था गरिने ल्होसार कार्यक्रम संयोजक तारा गुरुङले बताए । आमन्त्रित कलाकार पवित्र गुरुङको प्रस्तुति रहने तमू धीं दक्षिण कोरिया थेगु शाखाद्धारा आयोजित “तमू ही-ल्होसार २०७९” लाई सभ्य र भव्य सफल बनाउन कोरियामा रहेका सम्पूर्ण तमू (गुरुङ) तथा गैर तमू दाजुभाई तथा दिदीबहिनीहरु एवं संघसंस्थाहरुलाई गरिमामय उपस्थितिको लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...