ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग


रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल मार्फत अन्तरक्रिया गरि सो माग राखेका हुन् ।
कोरियामा रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १६ वटा देशका कामदार आउँछन् । त्यस मध्ये थाईल्यान्ड, फिलिपिन्स, ईन्डोनेसिया, श्रीलंका, चीन, भियतनाम र किर्गिस्थान देशका कामदारले मात्रै कोरियाली राष्ट्रिय पेन्सन विमा पाइरहेका छन् । ‘पेन्सनमा सहभागि कामदार घर जाँदा हाम्रो भन्दा धेरै राम्रो पैसा पाउँछन् । नेपालले पनि समयमै यो प्रणालीमा सहभागि भएको भए कोरियामा आउने हामी कामदार लाभान्वित हुन्थ्यौं ।’ विगत ९ बर्ष देखि कोरियामा काम गर्दै आएका गुरुदत्त न्यौपानेले भने । यो कार्यक्रम नेपाल सरकारलाई नेपाली कामदारले पाउने सेवासुविधाको बारेमा जानकारी गराउन हो । उनले थपे ।
कोरियाली राष्ट्रिय विमामा कामदारको ४.५ प्रतिशत र रोजगारदाताको तर्फबाट ४.५ प्रतिशत गरि ९ प्रतिशत पैसा जम्मा गर्नु पर्ने नियम छ । ‘एउटा कामदारले पाँच बर्ष काम ग¥यो र घर जाने समयमा अहिलेकै तलबले पनि १२ लाख रुपैया भन्दा बढि पैसा पाउँछ । त्यसमा आधा आफ्नो भए पनि आधा त साहुको हो नी ।’ ख्याङ्गीदो नाम्याङमा काम गर्ने पूर्णमान तामाङले भने । ‘मसँगै काम गर्ने थाईल्यान्डको साथी छ उसको मासिक ८५ हजार(८ हजार) वन काट्छ । कम्पनीले त्यति नै रकम थपेर जम्मा गर्छ । हाम्रो देशको कामदारले भने त्यो सुविधा पाएको छैन । हामीले त्यो थप पैसा पाउँदैनौं ।’ उनले थपे ।
‘कोरियाली सरकारले सबैका लागि गरेको यो सुविधा हाम्रो लागि पनि हो । यसका लागि नेपाल सरकारले पहल गरोस भनेर यो कार्यक्रम गरेका हौं । हामीले अरु देश र पेन्सन पाउँदा कामदारलाई हुने फाइदाको बारेमा लेखेर पनि मन्त्री र ईपिएस शाखामा पठाएका छौं ।’ कार्यक्रम आयोजक मध्येका अजय सोडारीले भने ।
नेपालले रोजगार अनुमति प्रणाली (ईपिएस)को नयाँ एमओयू गर्दैछ । नयाँ हुने एमओयूमा यस विषयमा छलफल गरेर नेपाली कामदारलाई पनि राष्ट्रिय पेन्सन विमामा सहभागि गराउने मन्त्री शेरवहादुर कुँवरले आश्वसन दिए । ‘यस विषयमा थप अध्ययन गरेर नयाँ हुने एग्रिमेन्टमा राख्छौं । सरकारले नेपाली कामदारले पाउने सुविधाका लागि एचआरडी कोरिया र कोरियाली सरकारसँग पनि छलफल गर्छौ । पहल गर्छौ ।’ उनले भने ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन
  • हर्क साम्पाङको श्रमदान अभियानलाई सयहोग गर्न कोरियामा नेपाली नयाँ बर्षमा सांगीतिक कार्यक्रम
  • सोमबार देखि सार्वजानिक सवारी साधनमा समेत माक्स लगाउन नपर्ने
  • धनकुटा सेवा समाजको छैठौं अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः परदेश राई
  • ताजा अपडेट

    ईपिएस

    जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)

    जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र  कोरिया प्रवेश गरिसक्नुपर्ने  भएको छ । त्यसैले यसका लागि आवश्यक  सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो । सूचनामा जहाज निर्माण कम्पनी ...

    कोरियामा कामदारलाई वैकल्पिक बिदा

    कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ । यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय ...

    कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने

    कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...