कोरियामा पछ्यौरीको छेउछेउ
फोनिज कोरिया संवाददाता
सोल-रीमा गुरुङको स्वर रहेको, किरण गौचनको सब्द, सचिन सींहको संगीत अनि सहदेव भट्ट र एलिशा सींह को अभिनय रहेको पछ्यौरीको छेउ छेउमा बोलको आधुनिक गीतको भिडियो कोरियाको राजधानी सउलको विभिन्न ठाउमा छायांकन सम्पन्न भएको छ |
कोरियाको ब्यस्त समयका बावजुदपनि फुर्सदको समयमा गीतसंगीत लाग्ने प्रतिभाहरु बढ्दै छन् समय समयमा कोरियामा मृत्यु, आत्महत्या, दुर्घटना लगायतका समाचार हरु आएपनि सिर्जनशील युवा हरुले रचनात्मक काम पनि गर्दैछन |
ईपिएसमा आएर आधा दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी एलिशा आफैले निर्देशन पनि गर्दैछिन | अनुराग सापकोटाले छायांकन गरेको ,सहदेव र एलिसाको दमदार अभिनय रहेको उत्कृस्ट भिडियो दर्सक माझ केहि हप्तामै सम्पादन भएर आउने निर्माण पक्षले जनाएको छ |