उमेशद्वारा जिवन बचाइदिन अपिल
फोनिज कोरिया संवाददाता
सोल – झापा जिल्लाको चन्द्रगढी ८ निवासी बुवा डम्ब र बहादुर राई र आमा चन्द्रकला राईकी जेठा छोराको रुपमा बि सं २०४८ जेष्ठ १२ गते उमेश राईको जन्म भएको थियो । तीन बर्ष अघी बि सं २०६९ साल फाल्गुनमा सवारी दुर्घटनामा परी गम्भीर घाईते भएका उमेश राईको शिर बाहेक पुरा शरीर नचल्ने (कुँजो) भएपछी यतिबेला प्रसब पीडामा छटपटाईरहेका छन ।
दुर्घट्ना पश्चात बिपी क्याम्प धरानमा उपचारको लागी लागिएको थियो तर त्यहाँ बाट रेफर गरेपछी भारतको सिलगुडीमा डा: चेनको हस्पिटल मा लगेर लामो समय कारीब ७ महिना जती उपचार गरेर नेपाल नै फर्काईयो र काठमन्डौँको न्युरो हस्पिटल मा डा: उपेन्द्र देवकोटाको निगरानीमा पनि लामो समय उपचार गरियो तर उनको बिराम बिसको उन्नाइस मा भएन झनझन स्थिती नकारात्मक हुँदै गयो ।
उपचारको क्रममा सिलगुडी र काठमाण्डौंको दुबै न्युरो हस्पिटल ले पूर्ण रुपले ठिक हुनको लागी दिल्ली लगेर उपचार गर्नुपर्ने सल्लाह दिएका थिए तर लामो समयसम्म घोपा, सिलगुडी र काठ्माण्डौंमा उपचार गर्दा परिवारसँग भएको लाखौँ रकम खर्च भैसकेको र अब उपचारको लागी दिल्ली लैजान ठूलो रकम क:रिब २५ देखी ३० लाख रुपैयाँ आवश्यक परेको हुँदा त्यती ठूलो रकम सहयोगी हातहरु बिना कसैगरी सम्भव नहुने भएकोले , आफ्नो जीवन बँचाईदिन उमेश राईले बिश्वमा छरिएर रहेका नेपालीहरुसँग जीवनको भिख मागेका छन ।
घाँटीदेखी तलको भाग पूर्ण रुपले कुँजो भएका तर मानसिक रुपले चेत भएको उमेश राईले कलीलै उमेरमा दुर्घट्नाबाट भएको यो अवस्था पुर्ण रुपमा निको भए आफ्नो बाँकी जिवन समाजमा रहेको दिन दु:खीहरुको सहयोगमा जिवन बिताउने कुरा ब्यक्त गरेका छन । गत दुई महिना अघी मात्रै उनको आमाको पनि मृत्यु भएको थियो ।
बिरामी उमेश राई : ९८१७९४५१७४
कोरियामा रहनुभएका सहयोगी मनहरुले तलको खातामा सहयोग गरिदिन सक्नुहुनेछ ।
बन्दना राई : ०१०- ४८८८७१७४
खाता नं : ३९९१०२०४११४२८५ IBK bank