Advertisement
SKIP THIS

अनेसास कोरिया च्याप्टरको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा ह्यारी बोन्ड


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरको छैटौं अधिवेशन सम्पन्न भएको छ । कोरियामा साहित्य सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने संस्था अनेसासको पुरानो कार्यसमितिको समयावधि सकिएसँगै यस च्याप्टरले भर्चुअल माध्यमद्वारा मिति २०७९ असार १२ गते सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न अधिवेशनमा अनेसास एसिया क्षेत्रिय कमिटीका संयोजक कृष गुल्मेली बाबूले प्रमुख अतिथिको भूमिका निभाएका थिए । त्यस्तै भूतपूर्व अध्यक्ष कमलप्रसाद अर्याल, कोरियामा सक्रिय साहित्यकार जीवन खत्री, नेपाल मुक्तक प्रतिष्ठान कोरियाका अध्यक्ष आर.एन. अनेसास कोरियाका सल्लाहकार विनोद परिवर्तित, वरिष्ठ उपाध्यक्ष डि. आर. न्यौपाने (सूर्य) लगायत अतिथिको रूपमा उपस्थित थिए ।

नयाँ कार्यसमितिको अध्यक्षमा ह्यारी बोन्ड, वरिष्ठ उपाध्यक्षमा रामचन्द्र शर्मा र उपाध्यक्षमा जीवन भण्डारी चयन भए । च्याप्टरले महासचिवमा लोकराज न्यौपाने, सचिवमा सागर रेग्मी तथा कोषाध्यक्षमा सुशील अर्याललाई चयन गर्यो । सक्रिय सदस्यमा धीरेन्द्र स्पन्दन, सुमन तिमल्सिना, विजयता भण्डारी रहेका छन् भने सल्लाहकारमा प्रमोद सारंग, डि.आर. न्यौपाने (सूर्य), आर.एन, जीवन खत्री र मोहन कार्की रहेको निर्वाचित महासचिव लोकराज न्यौपानेले जानकारी दिए । कार्यक्रममा सभापति सारंगले नयाँ बनेको कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै बधाई ज्ञापन गरे ।

संस्थाको विधिविधानमा रही नेपाली भाषा साहित्यको जगेर्नामा लाग्न सभापतिले नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे । कार्यसमितिका हरेक योजनामा आफ्नो तर्फबाट यथाशक्य सहयोग रहने सभापतिको भनाई थियो । अनेसास कोरिया अनेसासका अन्य च्याप्टरमध्ये दुईदुई पटक उत्कृष्ट दशभित्र पर्न सफल भएकोमा अब सर्वोत्कृष्ट बनोस् भन्दै प्रमुख अतिथि गुल्मेली बाबूले शुभकामना व्यक्त गरे । उक्त अधिवेशन निवर्तमान महासचिव ह्यारी बोन्डले सञ्चालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...