Advertisement
SKIP THIS

तमू धीं द. कोरियाको वार्षिक साधारण सभा मे २९ मा हुने


कोरिया स्थित जातीय संस्था तमू धीं केन्द्रीय कार्यसमितिको वार्षिक साधारण सभा यही मे महिनाको २९ तारिक हुने भएको छ । संस्थाको नवौं कार्यसमितिले वितेको एक वर्षको प्रगति, आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने साथै संस्थागत समीक्षा सहित आगामी कार्ययोजना लगायतको विषयमा छलफल गर्ने उद्धेश्यले सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेण्टको सभा हलमा दिनको १२ बजेदेखि उक्त साधारण सभा गर्ने भएको हो ।

सन् १९९९ मा स्थापना भएको तमू धीं दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै दुई दशकभन्दा लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संस्थाका केन्द्रीय अध्यक्ष लेसन गुरुङले बताए । विगत लामो समयदेखि सउल दोङ्देमुनमा सेल्टर समेत सञ्चालन गरेर सेवा दिईरहेको सन्दर्भ सोही संस्थाका महासचिव सन्तोष गुरुङले थपे ।

कोरियामा रहेको तमूहरुलाई एकताको मालामा उन्दै धेरै उदाहरणीय कार्यसहित सामाजिक सेवामा अग्रसर रहेको तमू धींले कोरियाभरी ख्यङ्साङ्नाम्दो बुसान शाखा, थेगु शाखा र जेजुदो शाखा गरि आफ्नो तीन शाखा विस्तार गरिसकेको संस्थाकी वरिष्ठ उपाध्यक्ष रुपा गुरुङले उल्लेख गरिन् । विगतका हरेक कार्यक्रम जस्तै यस साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सबै शाखाका अध्यक्ष, पदाधिकारीहरु एवं सदस्यहरु, संस्था सम्बद्ध सल्लाहकारहरु, विभागीय प्रमुखहरु, खेलाडीहरु, समस्त शुभचिन्तक, तमू दाजुभाई तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागी आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम तपसिल :
मिति : २०२२ मे २९ तारिक आइतबार
समय : दिनको ठिक १२:०० बजेदेखि
स्थान : नेपाल थाई रेष्टुरेण्टको सभा हल, दोङ्देमुन सउल

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...