स्थानीय तहको चुनावबारे केही सवाल र भ्रमहरु


सरकारले अबको करिब तीन महिनापछि स्थानीय तहको चुनाव गर्ने अनौपचारिक रुपमा घोषणा गरिसकेको छ । त्यसैको तयारीस्वरुप अचेल सबै दल आ – आफ्नै रणनीति बनाउन र सांगठनिक भेला बैठक गर्नमा ब्यस्त छन् । सबै राजनीतिक दलले हारजितको आफ्नैखाले हिसाबकिताब पनि गरिसकेका छन् । हारजितको आधार गाउँगाउँमा भएको आफ्नो दलिय उपस्थितिलाई बनाएका छन् । तर चुनाव भन्या संगठन बलियो भएरमात्रै जितिने कुरा होइन । दलहरुले यतातिर भने खासै ध्यान दिएको पाइन्न । कतिपय ठाउँमा संगठनको अवस्था तेस्रो – चौथो पोजिसनमा भएकाले पनि बिगतमा चुनाव जितेका छन् । अझ रमाइलो कुरा त स्वतन्त्र वा बागी उम्मेदवारले समेत चुनाव जितेका उदाहरणहरु हामीकहाँ धेरै छन् ।

हामीमा अर्को एउटा भ्रम पनि ब्याप्त छ । मनग्गे पैसा भएसी चुनाव सजिलै जितिन्छ भन्ने छ । यो आंशिक सत्य होला । पुर्ण सत्य होइन । पैसालेमात्रै चुनाव जितिँदैन । तर अचेलको चुनावमा धेरथोर पैसा खर्च गर्नैपर्ने कुरामा चैँ बिमति रहेन । स्थानीय चुनावको सन्दर्भमा ५०% चुनाव उम्मेदवारको ब्यक्तिगत प्रभावको आधारमा जित्ने हो । यसमा उसको ब्यक्तित्त्व, योग्यता, क्षमतादेखि नातागोता, साथिभाई र आवद्ध संघसंस्था आदिजस्ता सबै कुराले प्रभाव पार्दछ । जस्तै : गत चुनावमा कामाण्डौँको अहिलेको मेयरले चुनाव जित्नुको एउटा कारण स्थानीय गुठीहरुलाई एकढिक्का बनाएर आफ्नो पक्षमा पार्न सफल भएर पनि हो भन्ने कतै – कतै अझै सुनिन्छ । यस्तै कुरामा चुक्यो भने संगठन जतिसुकै बलियो भएनि चुनाव हार्ने संभावना रहन्छ ।

अर्को महत्त्वपूर्ण कुरा अहिले भएका स्थानीय तहका उपमेयर/उपप्रमुखहरू आउँदै गरेको स्थानीय तहको चुनावमा मेयर/प्रमुख पदका सबैभन्दा मुख्य दाबेदार हुन् । तर पार्टीहरूले जित्ने आत्मविश्वास भएका पालिकाहरूमा उपप्रमुखलाई प्रमुखको टिकट कुनै हालतमा दिँदैनन् । पार्टीले हार्ने देखियो भने चाँहि दिनसक्छ । यसो हुनुको कारण भन्या सबैजसो उपप्रमुखहरु महिला छन् । अहिलेका सबैजसो पार्टीहरुमा जतिसुकै समाबेशीको कुरा गरे पनि आजसम्म महिलालाई कतै प्रमुख भुमिका दिने सवालमा भने अलमल नैं देखिन्छ । हुन त यसलाई विभिन्न ढंगले बुझ्न सकिन्छ । तर यो भन्या महिलाको क्षमतालाई नजरअन्दाज गरेको वा एकखाले विभेद नैं गरेको हो भन्ने हुन्छ ।

धेरैले कसरी जित्ने/जसरी पनि जित्नुपर्छ भन्नेमा मात्रै ध्यान दिएको देखिन्छ । तर कसैले पनि जितेसी के – के काम गर्ने भन्ने प्रष्ट खाका बनाउनमा खासै समय र बुद्धी प्रयोग गरेको पाइएन । यस्तो भएसी जितेकाले डोजरे बिकास नगरेर के गर्नु त ! अर्को कुरा सबैले आफ्नो चुनावी माहोल बनाउनमा बढी ध्यान दिने गर्छन् । प्राबिधिक रुपमा यो महत्त्वपूर्ण होला । तर खासमा चुनावमा होमिँदा यो प्रधान पक्ष हुँदै होइन । माहोल वा अभियान केन्द्रित कार्यक्रम दिगो हुने पनि होइन । अभियानले चुनाव र समग्र राजनीति जित्ने भए बिबेकशिल साझा दल उहिल्यै ठुलो पार्टी भइसक्थ्यो नि ! अर्को कुरा उम्मेदवारले पेश गर्ने समग्र एजेन्डाको आधारमा सोसियल र पब्लिक डिबेट गर्ने कल्चर पनि हामीमा शुरु नैं भएको छैन । आजसम्म हामी हुनुपर्नेभन्दा नहुनुपर्ने कुरामा बढी फोकस भइरहेका छौँ । यो नै हाम्रो हरेक क्षेत्रमा अव्यवस्थित बिकास हुनुको मुख्य कारण हो ।

सबै दलहरु ब्यवस्थापनको सवालमा धेरै कमजोर छन् । केही कमजोरीका बाबजुद पनि तुलनात्मक रूपमा एमाले अलि ब्यवस्थित देखिन्छ । वेल म्यानेज कसरी गर्ने/हुने भन्ने कुरा हाम्रो समग्र राजनीतिमा कुनै नौलो चरोको नामजस्तो भएको छ । यसको मुख्य कारण कुनै क्षेत्रमा पेशागत रुपमै काम गरेर सफल भएका – भिजन भएका ब्यक्तिहरु दलको नेतृत्वमा नहुनु हो । अर्को कुरा सेक्टरवाइज बिज्ञहरुसँग बसेर सल्लाह – परामर्श लिएर प्रष्ट भिजन/खाका बनाउने यहाँ कोहि देखिएन । नेता भएसी सबै जानिन्छ बुझिन्छ भन्ने गलत चिन्तन हामीमा छ । आसन्न निर्वाचनमा कम्तिमा आफ्नो रचनात्मक भिजनसहित तयारी गर्नको लागि सबै राजनीतिक दललाई खुल्लारुपमा सुझाव दिन चाहन्छु । अरुलाई दबाब दिन नसके नि हामी सबैले कम्तीमा आफू सम्बद्ध दलमा सार्वजनिक र कमिटिगत रुपमै यो कुरा राख्ने र छलफलमा लाने प्रतिबद्धता जाहेर गरियो भने हाम्रो समग्र राजनीति थोरै भए नि लयमा आउँथ्यो कि !!!

— लेखक तामाङ नेकपा एमाले – काभ्रे जिल्ला कमिटी सदस्य एवं प्रदेश (क) क्षेत्रीय समन्वय कमिटीको सह – संयोजक हुनुहुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सलनालमा सुम्निमा पारुहाङ साहित्य साँझ सम्पन्न
  • कवि पराजित पोमूको ‘म द्धारा मेरो निर्माण’को विमोचन
  • कवि पराजित पोमूको कविता संग्रह म द्धारा मेरो निर्माणको सार्वजानिक जनवरी २२ मा हुने
  • सलनालमा “सुम्निमा पारुहाङ साहित्य साँझ ” हुने
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...