लडेको हुँ म उठ्ने कोसिस गर्दैछु हात दिनु हुन्छ कि ?


म अर्जुन तामाङ । नुवाकोट मेघाङ गाउँ पालिका बर्सुन्चेत १ हो ।
नेपालमा केही गर्ने कोशिस असफल भए पछि दुई चार बर्षको कडा मेहनत गरेर २०१७ मा कोरियाली भाषा पास गरॅे । २०१८ को जुलाई २५ मा कोरिया आएको हुँ । मैले ख्याङसान नाम्दोको जिन्यङ भन्ने ठाउँमा फुड कम्पनी काम पाएको थिएँ । मेलै काम गर्ने कम्पनीमा किम्ची र मुलाको विभिन्न अचारहरु बन्थे ।
तलब कम, काम पनि खासै नहुने । बेसिक पनि नहुनि भए पछि म सँग आएका साथीहरु कम्पनी छाडेर हिडे । मेरो सुरुको एक महिना सम्म मुलाको अचार बनाउने काम पर्यो । किम्चीको काम भन्दा अलि सजिलो । त्यसैले पनि तत्काल कम्पनी परिवर्तन गर्ने माहोल बनेन । जब एक महिना बित्यो मलाई किम्ची बनाउने ठाउँमा ल्याए । काम साह्रै गाह्रो । अनि मैले पनि कम्पनी चेन्ज गर्ने सोच बनाउदै थिए तर मलाई तुरुन्तै लेटर दिएन ।
कम्पनीका साहुरले काम छोडेर जाने भए नेपाल फिर्ता गरि दिने धम्की दिन्थे । कम्पनीमा कुरा हुँदै गर्दा ठ्याक्कै कोरियाली महान पर्व छुसक आउन २ दिन बाँकी थियो । पहिलो पटक लामो बिदा हुन लागेको । कोरियामा गाउँले, आफन्त थिए । भेटघाट भएको थिएन । त्यसैले आफन्त भेट्ने सपना देख्दै थिएँ ।
बिदाको अघिल्लो दिन । काम सकिन करिब १ घण्टा बाँकी हुँदा रड नै रडको गोलो लाम्चो मेसिनमा परेँ । त्यो मेसिनमा बन्दाकोपी र मसला घोलिन्थ्यो । साढे तीनको ब्रेकको समयमा थियो । ब्रेकको बेलामा एउटा दुईटा बन्दाकोपी बाँकी रहेछ । त्यो ननिकाली नयाँ हाल्न मिल्दैनथ्यो । त्यसैले मैले त्यो निकाल्न मेसिनमा हात हालेको ।
एउटा हातले मेसिन चल्ने बटम थिचिएछ । रडले हात च्याप्यो । मैले हत निकाल्न भ्याइन । मेसिनले विस्तारै हात तान्दै लग्यो । एउटा रड र अर्को रडको फरक एक फिट जतिको हुँदो हो । हात तानिदै गए पछि ज्यान पनि मेसिन भित्र छिरेछ । म होसैमा थिएँ । हेर्दा हेर्दै मेरो दाहिने हात कर्याक्क गरेर भाँचिएको आवाज आयो । खुट्टामा कल्पना नै गर्न नसकिने पीडा सहित अलि ठूलो आवाज आयो । मैले आफ्नै खुट्टा उल्टो फर्किएको देखेँ ।
म चिच्याएको सुने पछि नजिकका दाइहरुले कसले मेसिन बन्द गरि दिएछ । एम्बुलेन्स आयो । मेसिनबाट निकाल्ने औजार सहित मान्छे आए । खेतको बीचमा थियो कम्पनी । मलाई पहिला पहिला लाग्थ्यो यस्तो खेत बीचको कम्पनीमा के सुविधा छ र ?
अनेक गर्दा नकाल्न सकेनन् । म होसैमा थिएँ । अहिले सम्झदा दुखेको कल्पना मात्रै गर्न सक्छु । शब्दमा ती अनुभव लेख्न कसरी सक्नु ? मेसिन काटेर निकाले । सामसुङ अस्पताल लगे ।
दुखेको दुखेकै । आफूलाई सम्हाल्न सकिरको थिएन । बौलएर कराको कराकै थिएँ । मलाई औषधी दे औषधी दे तर दिएनन तीन चार घण्टा यता उता डुलाई रहे । म रोइरहँे, कराई रहेँ । बेहोस् पनि वनाएन । राती ८ बजे तिर अपरेसन गर्ने भनेर साइन गर्न लगायो । कोरियाली भाषा खासै नआउने । मेलै अंग्रजीमै “डन्ट कट माई लेग” भने । डक्टरले बुझे कि बुझेनन् भगवान जानुन् ।
कति दिनमा कुन डेटमा मेरो होस् खुल्यो थाहा भएन । हस्पिटल बेडमा सुतेको छु । बिहान १५ मिनेट बेलुका १५ मिनेट आफन्त तथा साथिभाई भेट्ने समय थियो । अस्पतालको भिते घडि घुम्दै घुम्दैन । त्यसरी नै दिनहरु बित्यो । कष्ठ र पिडाको कुनै सिमा थिएन । मानशिक र शारीरिक रूपमा मलाई एकदम पिडा थियो । कुनै बेला यस्तो पनि आयो पीडा सहन नसकेर डाक्टरलाई मलाई बरू विष दिएर मारि दे भनेँ । यस्तो पीडा सहनु भन्दा फ्याट्टै मर्न सजिलो होला भन्ने लाग्थ्यो । त्यो बेला न राम्रो सँग सुत्न सकेँ न दुखाई नै कम भयो । दिसा डाईपरमा पिसाब को लागि पाईप दाहिने हात, देब्रे खुट्टा २ ठाउँमा, करङको एउटा हड्डी र दैने खुट्टा भाचिएको थियो ।

अस्पताल बस्दा

हरेक दिन मलाई भाग्यले ठग्दै गयो । दुई महिना पछि सुरुमा मेरो खुट्टाको औंला काटियो । त्यसको एक महिना पछि खुट्टा नै काटियो तै पनि सम्हाले । म अस्पतालमै उपचार गरेर छ महिना बसेँ । शरीरमा राखेको स्टिल निकाल्नको लागि पर्खाईमा एक बर्ष गरि झन्डै दुई बर्ष अस्पताल बसेँ । त्यस पछि जिना दिदीकोमा सात आठ महिना बसेँ । आँफै खाना बनाएर बस्न सक्ने भए पछि छुट्टै कोठा लिएर बसेँ । खुट्टामा स्टिल राखेको थियो ।
मेरो खुट्टाबाट स्टील निकालियो । अनि अहिले मैले कृत्रिम खुट्टा राखेको छु । यसका लागि मलाई नुवाकोट समाज साउथ कोरियाबाट २५ लाख वन हेल्प गर्नु भयो । GME REMITTANCE बाट ३ लाख वन पाएको छु । खुट्टा राखेको लगभग १ बर्ष पछि इन्सुरेन्सको सबै प्रक्रिया सकियो । मैले काम गर्ने निर्णय गरेँ । अहिले मैले कृत्रिम खुट्टा राखेर काम गरेको पनि ८ महिना जति भयो । गर्मी महिनामा खासै कुनै समस्या नभए पनि जाडो बढे पछि खुट्टाको दुखाई बढेर आयो । कम्पनीले दिने क्षतिपुर्ति मासिक दिने भएको हुँदा अझै १ बर्ष कोरिया बस्नै पर्ने त्यसका लागि काम गर्न थालेको नसक्ने अबस्था आयो । उभिएर कामै गर्न नसक्ने भइयो ।
अस्पताल बस्ने बेला टाईम पास गर्नलाई अनलाईन भिडियो गेम खेल्थेँ । साथीहरु सँग कुरा गर्दा टाईम पास हुन्थ्यो । त्यही समयमा मैले युट्युव च्यानल खोलेर मैले खेलेको गेमको भिडियो पनि अप्लोड गर्थे । तर च्यानलमा हेर्ने मान्छे धेरै नभएकोले अगाढी बढाउन सकिएन । अहिले काम गर्न नसक्ने अनि समय धेरै भएकोले मैले त्यही युट्युव च्यानललाई अगाडि बढाउने प्रयास गर्दै छु । त्यही युट्युवलाई अगाडी बढाउने मेरो पुरा प्रयास हुनेछ । यसमा यहाँहरुले पनि सब्सक्राइब गरेर सकेको सहयोग गरि दिनुहोला ।

मेराे युट्युव च्यानल

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...