Advertisement
SKIP THIS

ट्राभलडकुमेन्ट लिन दूताबास जाँदा पक्राउ


निश्चल काउचा

सोल-नेपाल फर्कनलाई ट्राभल डकुमेन्ट लिन सोलस्थित नेपाली दूताबास गएका एक नेपाली पक्राउ परेका छन् | स्वेच्छाले घर फर्किन लागेका एक अबैधानिक कामदार प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको हो |

 

पक्राउ पर्ने कामदार चितवनका ‘ए’ महतो हुन् | उनि ट्राभल डकुमेन्ट लिन दुइ दिनअघि सोलस्थित नेपाली दूताबासमा पुगेका थिए | ट्राभल डकुमेन्ट लिन दूताबासका कर्मचारीले प्रहरी रिपोर्ट लिएर आउनु भन्दै नजिकैको प्रहरी कार्यालय पठाई दिए | उनि सरासर प्रहरी कार्यालय गएर प्रतिबेदन मागे तर प्रहरीले नियन्त्रणमा लिएर अध्यागमन बिभागमा बुझाइ दियो |

 

महतो आउदो २० तारिख घर जाने टिकट लिएका थिए | ईपीएसबाट आएका उनि अबैधानिक बस्दै आएका थिए | उनले घर फर्किन सबै किनमेल गरिसकेका थिए | पछिल्लो समय अबैधानिक कामदारलाई प्रहरीले पनि पक्राउ गर्ने गरेको छ |

 

स्वदेश फर्कन आवश्यक ट्राभल डकुमेन्ट बनाउन दूताबास जाँदा पक्राउ पर्न थालेपछि अबैधानिक बसेर घर फर्किन लागेका कामदारहरुमा अन्योलमा परेका छन् | अध्यागमन बिभागले पक्राउ गरेपछि १० बर्ष र स्वेच्छाले स्वदेश फर्के २ बर्षपछि कोरिया प्रवेश गर्न पाइने प्राबधान छ |

 

यसअघि दूताबास परिसरबाटै तमुधि कोरियाका तात्कालीन अध्यक्ष रामकाजी गुरुङ पक्राउ परेपछि नेपाली दूताबासका कर्मचारीहरु   बिबादमा परेका थिए |

 

महतो पक्राउ पर्नु संयोग मात्र भएको भएको दूताबास श्रोतले जनाएको छ |

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...