कियाचु कोरियाको अधिवेशन अगष्ट २ मा
ऐश्वर्य श्रेष्ठ,सोल –किरांत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको अधिवेशन आगामी अगष्टमा हुने भएको छ ।किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष भीमराज चेम्जोङका अनुुसार कियाचुको अधिवेशन अगष्ट २ तारिख आईतबार लिम्बू संस्कृति झल्किने विविध सांस्कृतिक कार्यक्रमको साथ हुनेछ ।
हामी हाम्रो अस्तित्व र पहिचानको लागि एक हौं भन्ने नाराको साथ सुवनस्थित मा अधिवेशन हुने भएको छ ।अधिवेशनको सोही दिन लिम्बू संस्कृति झल्किने पालम, ख्याली,हाक्पारे समेत प्रस्तुत हुने कियाचु अध्यक्ष चेम्जोङले बताए ।
सन २०००मा स्थापना भएको किरांत याक्थुङ चुम्लुङ दक्षिण कोरिया लिम्बुजातिले भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने मात्रै नभएर सम्पूर्ण नेपालीको समस्यामा हातेमालो गर्दै आएको छ । त्यति मात्र नभएर कियाचु कोरियाले सुवनस्थित सेरु स्टेसन छेउमा कोरियामा रहेका नेपालीहरुलाई आवासको समस्या पर्दा बस्नका लागि सेल्टरको समेत सञ्चालन गदैं आएको छ ।
कार्यक्रम जानकारी
मिति :२०१५ अगष्ट २
स्थान :सुवन ,स्टेशन गेट नं ९ र १०केही अघि
समय:दिनको १२ बजे
किरांत याक्थुङ चुम्लुङ दक्षिण कोरिया