कोरियामा औद्योगीक दुर्घटनामा परेर एक नेपालीको मृत्यु
फोनिज कोरिया संवाददाता
सोल-रोजगार अनुमति प्रणाली मार्फत रोजगारी गर्न कोरिया आएका एक नेपालीको औधोगीक दुर्घटनामा परेर मृत्यु भएको छ | साढे ३ बर्षअघि कोरिया आएका मोरङ हत्तिमुढा-८ का गान्धीराज खतिवडाको सोमबार दिउसो आफनै कम्पनीमा काम गरिरहेका बेला फलामको कोलममा च्यापिएर घटना स्थल मै मृत्यु भएको हो |
ह्वासङ सीमा रहेको एक फलाम कम्पनीमा कार्यरत ३२ बर्षीय खतिवडाको कार्यकाल आउदो फेब्रुवरीमा सकिन्दै थियो | सो कम्पनीमा अन्य दुई जना नेपाली पनि कार्यरत रहेको बुझिएको छ |उनीहरु कम्पनि परिवर्तन गरेर गत जनवरीमा त्यहाँ आएका थिए |
घटनाको जानकारी परिवारलाई दिई सकिएको सोलस्थित नेपाली दूताबास श्रोतले जनाएको छ | बिस्तृत बिवरणको लागि फोनिज कोरिया डटकम हेर्दै गर्नुहोला |