Advertisement
SKIP THIS

स्याङ्जा भिरकोट आठथर तमु समाज द. कोरियाको चौथो अधिवेशन सम्पन्न, विजय गुरुङको नेतृत्वमा कार्यसमिति चयन


बोम्जन गुरुङ
०५ डिसेम्बर २०२१, सउल कोरिया

स्याङ्जा भिरकोट आठथर तमु समाज दक्षिण कोरियाको चौथो अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । शनिवार समाजका अध्यक्ष देवेन्द्र गुरुङको सभापतित्व र समाजका संरक्षक एवं संस्थापक अध्यक्ष नर कुमार गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।

समाजका वरिष्ठ उपाध्यक्ष सनमाया गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका कोषाध्यक्ष मनोज गुरुङले संस्थाको प्रगति प्रतिवेदन र आर्थिक आयव्यय विवरण र सचिव वाईबी गुरुङले प्रगति विवरण प्रस्तुत गरेका थिए । “आत्मीय सद्भाव, अनुशासन र गतिशीलता, मानवीय सहयोग गर्नु हाम्रो अभिभारा” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१५ मा स्थापित दक्षिण कोरियामा स्थापित तमू (गुरुङ) समुदायको संस्था स्याङ्जा भिरकोट आठथर तमु समाजको चौथो अधिवेशनका प्रमुख अतिथि नर कुमार गुरुङले भिरकोट आठथर क्षेत्रका दाजुभाई दिदीबहिनीहरुको आत्मीय भाव, सद्भाव र एकताले समाजको हरेक अभियान र कार्यक्रमले सफलता प्राप्त गरेको उल्लेख गर्दै समाजका सबै अग्रज, अनुज र समकालीन व्यक्तित्वहरुप्रति सम्मान व्यक्त गरे । समाजका परिकल्पनाकार, घर ब्यबस्थापक तथा तमू धीं दक्षिण कोरियाका लेसन गुरुङले समाजले सञ्चालनमा ल्याएको आवास गृह घर (सेल्टर) बाट भरपूर लाभान्वित भएको बताउँदै आफूले गरेको परिकल्पनाभन्दा समाजको प्रतिष्ठा उच्च भएकोमा खुशी व्यक्त गरे । नेपालमा रहेका समाजका संस्थापक सचिव धन गुरुङले समाजको सबैखाले गतिविधि र कार्यक्रमहरुको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरे ।

उद्घाटन सत्रपछिको बन्द सत्रमा समाजका सल्लाहकार विपना गुरुङ संयोजक रहने गरि सदस्यहरु नर कुमार गुरुङ, खुशी गुरुङ, पूर्ण गुरुङ र लेसन गुरुङ रहने गरि बनेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । स्याङ्जा भिरकोट आठथर तमु समाज दक्षिण कोरियाको चौथो अधिवेशनबाट अध्यक्षमा विजय गुरुङ, वरिष्ठ उपाध्यक्ष सनमाया गुरुङ, उपाध्यक्ष मनोज गुरुङ, उपाध्यक्ष कोश गुरुङ, सचिव वाईबी गुरुङ, सहसचिव नुतन गुरुङ, कोषाध्यक्ष कौ गुरुङ, सहकोषाध्यक्ष डेजी गुरुङ र सदस्यहरुमा रबिन गुरुङ, दिल गुरुङ, अस्मिता गुरुङ, सेकेन्द्र गुरुङ, जगदीश गुरुङ, जीवन गुरुङ, बुद्ध गुरुङ, मोना गुरुङ, नवराज गुरुङ सर्वसम्मत चयन भएका छन् ।

जूम भर्चुअलमा लेसन गुरुङको विशेष प्राविधिक सहजीकरणसँगै कार्यक्रम सञ्चालन संस्थाका सचिव वाईबी गुरुङले गरेका थिए । स्याङ्जा भिरकोट आठथर तमु समाज दक्षिण कोरियाको चौथो अधिवेशनलाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष र जूम भर्चुअल मार्फत जोडिएर उपस्थित संस्था सम्बद्ध महानुभावहरुलाई समाजले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • एभरेष्ट एफ सीद्वारा आयोजना हुने भनिएको एभरेष्ट कप स्थगित
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...