Advertisement
SKIP THIS

ग्वाङजु यूनिभर्सियाडमा नेपाल पदकविहिन


फोनिज कोरिया संवाददाता

सोल – दक्षिण कोरियाको ग्वाङजुमा जारी २८ औं समर युनिभर्सियाड गेम– २०१५ मा नेपालको चुनौती आइतबार समाप्त भएको छ। नेपाल पदकविहीन रह्यो।

 

 

युनिभर्सियादको ११ औं दिन नेपाली टेबलटेनिस र तेक्वान्दो खेलाडीको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो। आइतबार टेबलटेनिसका दीप साउन र तेक्वान्दोकी निमा गुरुङले प्रतिस्पर्धा गरेका थिए। दुवै पराजित भए।छोसुन युनिभर्सिटी जिम्नेसियममा तेक्वान्दोतर्फ महिलाको ५३ केजीमुनि निमा कोलम्बियाकी पेड्रोजो इरिक सेसीलियासंग पराजित भइन्। निमा ५–१८ ले पछि परिन्।

 

 

यसअघि तेक्वान्दोमै नेपालकी निशा रावल र सीता तामाङ पराजित भइसकेका छन्। सीता दोश्रो चरणमा पुग्ने एक्लो खेलाडी भइन्। सीताले पहिलो चरणमा भुटानकी खेलाडीलाई हराएकी थिइन्।

 

 

त्यस्तै जाङसियोङ होङग्लीडोङ जिम्नेसियममा भएको टेबलटेनिसको पुरुष एकलमा राष्ट्रिय च्याम्पियन दीप नकआउट चरणको पहिलो खेलमा भेनेन्ज्युएलाका कोरिए फिग्युरोसंग ८–११, ५–११, ११–६, ७–११ र १२–१४ ले पराजित भए।

 

 

टेबलटेनिस र तेक्वान्दोसहित विभिन्न ७ खेलमा नेपालबाट १९ खेलाडीले सहभागिता जनाएका थिए। यसअघि लनटेनिस, आर्चरी, फेन्सिङ, पौडी र ब्याडमिन्टनबाट नेपाली खेलाडी बाहिरीसकेका छन्।

टेबलटेनिसमा सबैभन्दा बढी ७ खेलाडीले सहभागिता जनाएका थिए। तेक्वान्दोमा ३, आर्चरी, फेन्सिङ, पौडी र ब्याडमिन्टनमा समान २–२ तथा लनटेनिसमा १ खेलाडी सहभागी थिए। खेलाडी, प्रशिक्षक र अफिसियलसहित नेपाली टोली ३८ सदस्यीय रहेको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहराले जनाएका छन्।

दुई वर्षको अन्तरालमा हुने युनिभर्सियाडमा नेपालले योपटक सहभागिता जनाएको खेल र खेलाडी संख्या अहिलेसम्मकै बढी हो। महासचिव बोहराका अनुसार चीनमा भएको २६ औं संस्करणमा तेक्वान्दोमा दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए। रुसको कजानमा भएको २७ औं संस्करणको बुद्धिचाल र साम्बोमा समान २–२ खेलाडीले भाग लिएका थिए।

युनिभर्सियाडको औपचारिक समापन जुलाई १४ तारिखमा हुँदैछ। ओलम्पिक पछि दोश्रो ठूलो बृहत मानिने यो खेल मेलामा विभिन्न १ सय ४६ राष्ट्रका करिब १३ हजार खेलाडी सहभागी छन्। विभिन्न २१ खेलमा २ सय ७२ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ। नेपाली टोली नेतृत्व विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी (टेकराज) ले गरिरहेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...