कोरियाबाट डा. देवी बस्नेतले एनआरएन आइसीसीको सचिवमा उम्मेदारी दिने


गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोबरमा नेपालमा हुन लागेको दशौं विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने निर्बाचनमा उम्मेदवारी दिनेहरूको संख्या बढदो छ । विभिन्न पदको लागि विभिन्न देशबाट उम्मेदारी घोषणा भइरहेको छ । यसैक्रममा दक्षिण कोरियाबाट पूर्व आइसीसी सदस्य डा.देवी बहादुर बस्नेतले पनि सचिवको लागि उम्मेदारी दिने तयारी गरिरहेका छन् ।

एनआरएन अन्तराष्ट्रिय समुन्वय परिषद (आइसीसी) मा सचिवको लागि उम्मेदारी घोषणा गर्ने तयारी गरिरहेको फोनिज कोरियालाई बस्नेतले जानकारी गराएका छन् ।

अध्ययनको शिलशिलामा कोरिया प्रवेश गरेका बस्नेत करिब डेड दशकदेखि विभिन्न सामाजिकार्यमा संलग्न भई एनआरएन अभियन्ता बस्नेत कोरियाका अग्रज एनआरएन हुन् । बस्नेतले एनआरएन आइसीसीको सदस्य पदमा रही लगातार ( क्रमशः २००९- २०११,  २०११- २०१३ र २०१९- २०२१ ) तीन कार्यकाल विभिन्न क्षेत्रमा काम गरिसकेका छन् । उनी २००६ सालमा स्थापित एनआरएन कोरियाको संस्थापक उपाध्यक्ष हुदै महासचवि र तीन कार्यकालसम्म संरक्षकको भुमिका निभाएका थिए ।

डा. बस्नेतले ( एनआरएनए आइसीसीका बिभिन्न कमिटी तथा ट्याक्सफोर्समा रहेर रचनात्मक कामहरु गरेका छन् । कोरियामा बुद्ध अभियान, दूताबाससंगको समुन्वयमा राहदानी नविकरणको घुम्ती सिविर,  एनआरएनए एसिया प्यासीफिकको पहिलो विज्ञ सम्मेलनको संयोजक लगायत विभिन्न रचनात्मक तथा महत्वपुर्ण कार्यसम्पादन गर्दैै आएका छन् ।

कोरियाको सनमुन विश्व विधालयबाट सन २००५ मा रसायन विषयमा विद्यावारीधी प्राप्त गरेका डा. बस्नेतले एन्टिवायोटिक उत्पादन गर्ने ब्याक्टेरियाको जिनहरुको अनुसन्धान गरेका थिए । संखुवासभा आंखिभूई – २ (हाल, धर्मदेबि नगरपालिका ) , मा जन्मेका डा. बस्नेतले कोरियामा विद्यार्थिहरुको संस्था सोनसिकका स्थापक उप सभापति भई विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन
  • हर्क साम्पाङको श्रमदान अभियानलाई सयहोग गर्न कोरियामा नेपाली नयाँ बर्षमा सांगीतिक कार्यक्रम
  • सोमबार देखि सार्वजानिक सवारी साधनमा समेत माक्स लगाउन नपर्ने
  • धनकुटा सेवा समाजको छैठौं अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः परदेश राई
  • ताजा अपडेट

    ईपिएस

    जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)

    जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र  कोरिया प्रवेश गरिसक्नुपर्ने  भएको छ । त्यसैले यसका लागि आवश्यक  सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो । सूचनामा जहाज निर्माण कम्पनी ...

    कोरियामा कामदारलाई वैकल्पिक बिदा

    कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ । यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय ...

    कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने

    कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...