Advertisement
SKIP THIS

कोरियामा तमू (गुरुङ)हरुको तथ्याङ्क संकलन र सदस्यता वितरण शुरु, अभियानमा जोडिन तमू धीं द. कोरियाको आग्रह ।


बोम्जन गुरुङ १३ अगष्ट २०२१, सउल कोरिया ।

कोरियामा अति सक्रिय जातीय संस्था तमू धीं दक्षिण कोरियाले कोरियामा रहेका तमू (गुरुङ)को वास्तविक संख्या र अन्य विवरणको आँकडा तयार पार्ने उद्धेश्यले तथ्याङ्क संकलन अभियान शुरु गरेको छ । ईन्टरनेटबाट सहज ढङ्गले अनलाईन वा अफलाईन दुवै प्रक्रियाबाट उपलब्ध गराईएको लिङ्क मार्फत निःशुल्क रुपमा आफ्नो विवरण भर्न सकिने गरि सो अभियान शुरु गरिएको हो ।

तमू धीं दक्षिण कोरियाको अत्यन्तै महत्वपूर्ण कार्ययोजना अन्तर्गत कोरियामा विभिन्न पेशा, व्यवसाय, शैक्षिक र रोजगारीको सिलसिलामा आबद्ध रहेका सम्पूर्ण तमूहरुको तथ्याङ्क संकलनले संस्थाको हरेक गतिविधि, कार्यक्रम, महत्वपूर्ण नीति एवं योजनाहरु तर्जुमा गर्न भरपूर मद्धत पुग्ने तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङले बताए । विशेषत: सबैखाले समस्या र दुःखद घटनाहरुमा आवश्यक सहयोग र राहत उपलब्ध गर्न र गराउन अझ सहज हुने संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङले स्पष्ट पारिन्

तथ्याङ्क संकलन सँगसँगै तमू धीं कोरियाले सदस्यता वितरण अभियानको पनि शुरुवात गरेको छ । सदस्यता वितरण पनि तथ्याङ्क संकलनको प्रक्रिया अनुरुप नै भर्न सकिनेछ । कोरियामा रहँदा भैपरी आउन सक्ने समस्याहरुमा नेपाली राजदूतावाससँग सहकार्य गर्न सहज हुने र सदस्यता शुल्क मार्फत प्राप्त रकमको केहि प्रतिशत आपतकालिन राहत कोषमा जम्मा गरि भविष्यमा सदस्यता ग्रहण गर्नुभएको तमूहरुलाई जुनसुकै दुःख र समस्याको बेला सोही कोषबाट अवस्था अनुसार सहयोग गर्ने यसको महत्वपूर्ण उद्धेश्य रहेको छ । संस्थाप्रतिको अपनत्व अनुभूति हुने विश्वास गर्दै संस्थागत एकता र विकासमा टेवा पुर्याउनु नै सदस्यता वितरणलाई तीव्र पार्नुको अवधारणा रहेको संस्थाका महासचिव सन्तोष गुरुङले तर्क अघि सारे । तथ्याङ्क संकलनको लागि निःशुल्क रहेको छ भने सदस्यता फारामको २०,०००/- कोरियन वोन शुल्क तोकिएको र सम्पूर्ण वैयक्तिक विवरण सुरक्षित र गोप्य रहने संस्थाका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र गुरुङले थपे ।

दुई दशक भन्दा बढी इतिहास बोकेको गर्विलो संस्था तमू धीं दक्षिण कोरियाले कोरियाभित्र दुई शाखाहरु विस्तार गरिसकेको सन्दर्भसँगै तथ्याङ्क संकलन तथा सदस्यता वितरण अभियानको व्यवस्थापन समिति गठन गरिएको छ । सहजता र थप जानकारीका लागि संयोजक तुरन बहादुर गुरुङ 010-8108-4161 (केन्द्रीय संगठन सचिव), सदस्यहरु मञ्जु गुरुङ 010-2665-3995 (केन्द्रीय सल्लाहकार), लिलु गुरुङ 010-3046-4563 (केन्द्रीय सांस्कृतिक विभाग सह-संयोजक, विल गुरुङ 010-4051-8556 (सचिव, थेगू शाखा), बिक्रम गुरुङ 010-74870738 (सचिव, ख्यङ्साङ्नाम्दो बुसान शाखा) लाई सम्पर्क गर्न सकिनेछ ।

तल उल्लेखित लिङ्कमा गएर आफ्नो सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरि यस अभियानलाई सहयोग गर्नुहुन समस्त कोरियामा रहनुहुने तमू दाजुभाई, दिदीबहिनीहरुलाई तमू धीं दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ ।

[तथ्याङ्क संकलन र सदस्यता फारामको लागी यो लिङ्क थिच्नुहोस् 👉 https://forms.gle/BzTXMKad4zwKn5ef9]

★★★★★ धन्यवाद ★★★★★

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...