सुमन्त मगरको नेतृत्वमा भोजपुर परिवार दक्षिण कोरियाको नयाँ कार्यसमिति
भोजपुर परिवार दक्षिण कोरियाको नवौँ अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनले सुमन्त मगरको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ।
नव गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा राजन थापा चयन भएका छन् भने उपाध्यक्षमा ध्रुव राई र महासचिवमा अजय खत्री चयन भएका छन्। यसैगरी सचिवमा विवश घायल राई र दिलिप वान्तवा चयन भएका छन्। संस्थाको कोषाध्यक्षमा डिबि राई र सह कोषाध्यक्षमा भुपाल थापा चुनिएका छन् भने सदस्यहरुमा सन्तोष कुमार राई, सन्तोष थुलुङ्ग, जम्स्मिन राई, भूमिका राई, सुनिल वान्तवा, दिपेन्द्र राई र नवीन परियार चयन भएका छन्।
विश्वव्यापी कोरोना महामारिको असरले गर्दा भर्चुअल जुम मार्फत अधिवेशन सम्पन्न गरिएको संस्थाका निवर्तमान अध्यक्ष उमेश थिम्राहाङले जानकारी गराएका छन्।