Advertisement
SKIP THIS

दुई शव नेपाल पठाउन करोड लाग्ने भएपछि सहयोगको अपिल


नोमराज गुरुङ्

सोल – जुलाई ५ तारिख आईतबार साँझ कोरियाको ग्याङ्साङ् प्रदेशको होवाङ्सानमा मोटारसाईकल दुर्घटनामा मृत्यु भएका भिमसेन केसी र रामबहादुर सिँजालीको शव नेपाल पठाईने भएको छ । दुबैतर्फको परिवारका सदस्यहरुले शव घरमा नै लाने ईच्छा व्यक्त गरेपछि कोरियाबाट अगामी सोमबार भित्र शव नेपाल पठाउन लागिएको किम्हे माईग्रेन्ट हाउसका संयोजक यज्ञराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार २ वटा शव नेपाल पठाउन करिब १ करोड वन (झण्डै नेपाली १० लाख) खर्च हुन्छ । २ शव नेपाल पठाउन ठूलो रकम खर्च लाग्ने भएपछि किमे माईग्रेन्ट हाउस, एन.सि.सि. बुसान, एन.आर.एन. ख्याङ्साङनाम्दो, एन.आर.एन बुसान, मगर समाज किम्हेमा, स्थापना भएका विभिन्न नेपाली संघ–संस्थाहरुले सहयोगको अपिल गरेका छन् ।

उल्लखित संस्थाहरुले सामुहिक रुपमा अनलाईन मिडियाहरु र सामाजिक सञ्जालहरु मार्फत सहयोगको लागि अपिल गरेका हुन् । उनीहरुले किम्हे माईग्रेन्ट हाउसको नाममा एन.एच (नोङ्ह्याप) बैंकमा रहेको खाता नम्बर ३०१०१३६४१३८४१ सहयोगी हातहरुको सुविधाको लागि उपलब्ध गराएको छ ।

मृत्यु हुने मध्य रामबहादुर सिँजाली मगर एन.सीसी बुसानमा २००६ सालदेखि सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष र सल्लाहकार भएर काम गरेका व्यक्ति हुन् । उनी नेपाल मगर संघ किम्हे लगायत अन्य नेपाली संंघ–संस्थाहरुमा समेत आबद्ध रहेको बताईएको छ ।

नेपाली राजदुताबास कोरियाका उपनियोग प्रमुख राजाराम बर्तौलाले दुबै मृतकको नेपालमा रहेको परिवारबाट वारिसनामा मगाउने काम भईरहेको जानकारी गराए । उनका अनुसार अगामी आर्थिक चाँजोपाँजो मिले अगामी सोमबारसम्म दुवैको शव नेपाल पठाईनेछ ।

यता स्याङ्जा परिवार दक्षिण कोरियाले मंगलबार एक विज्ञप्ती जारी गरी दुर्घटनामा परि मृत्यु हुने द्धय भिमसेन केसी र रामबहादुर सिँजाली प्रति समवेदन प्रकट गरेको छ ।

परिवारले मृतकका शोकाकुल परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै शव नेपाल पठाउने प्रक्रियामा अर्थ शंकलन समेत सुरु गर्ने जनाएको छ ।

एकै कम्पनीमा कार्यरत मृतक उनीहरु मध्य भिमसेन केसी स्याङ्जा बिरुवा अर्चले–६, र रामबहादुर सिँजाली हाल नवलपरासी सुनौल हर्दिया स्थाई बसोबास भए पनि पुख्र्यौली घर स्याङ्जा तीन दोबाटे भएको विज्ञप्तीमा उल्लेख छ ।
मृतक द्धय नै परिवार भित्रकै सदस्य भएकाले सम्पूर्र्ण स्याङ्जाली र कोरियामा रहेका नेपाली दाजुभाईहरुमा स्याङ्जा परिवार दक्षिण कोरियाले सहयोगको अपिल समेत गरेको छ ।

सहयोगी हातहरुको सुविधाको लागि परिवारको कोषाध्यक्ष टेक रानाको नाममा उरी बैंकमा रहेको खाता नम्वर १००२८४७४४३३९४ नगद जम्मा गर्न सकिने छ । साथै तपाईले नगद डिपोजिट गर्नुभएपछि टेक रानाको यो नम्वरमा म्यासेज गर्नुहुन अनुरोध गरिएको छ । टेक राना मोबाईल नम्वर ०१०२६७२१७३१

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...