Advertisement
SKIP THIS

बाढीमा परेर जापानमा २० को मृत्यु, कैयौँ घाइते


घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् । कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार गरिएको थियो ।त्यसैगरी बन्दरगाह सुरक्षाकर्मी, अग्नि नियन्त्रकलगायतलाई पनि खोजी तथा उद्धारका लागि खटाइएको थियो । बाढीका कारण कुमा नदी वरीपरी रहेका दर्जनौ घर, सवारी साधनलगायतका भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् ।

अधिकांश घरहरुको छानोसम्म डुबान भएको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरूले डुवानमा परेको क्षेत्रका बासिन्दालाई घरको छतमा बस्न र उद्धारका लागि खबर गर्न आह्वान गरेका छन् । खबर आएकाहरुलाई सैनिक र हेलिकोप्टरबाट उद्धार पनि गरिएको छ ।

डुवानमा परेकाहरुलाई खोजी तथा उद्धार कार्य जारी रहेको उद्धार कार्यमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

गत शुक्रबार आएको बाढीका कारण कुमामोतो र कागोशिमाका झण्डै ७५ हजार मानिस प्रभावित भएका छन् । बाढीका कारण विद्युत, सञ्चार, सडकलगायतका सेवा अबरुद्ध भएका छन् ।

कुमामोतोका मात्रै छ हजार घरमा विद्युत सेवा टुटेको छ । प्रधानमन्त्री सिन्जो आवेले घटनास्थलमा खोजी तथा उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न विषेश टोली खटाउनुभएको छ । डुवानमा परेकाहरुलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको जनाइएको उद्धारकर्ताहरुले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • अर्ली बर्डमा नवाज अन्सारीको टिकट सोल्ड आउट, जिमनीबाट भने बूक गर्न सकिने
  • अक्टोबर ४ मा काभ्रे सम्पर्क समितिको आठौँ अधिवेशन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...