कोरियामा प्रवासीको संख्या बढदो
ऐश्वर्य श्रेष्ठ,सोल -दक्षिण कोरियामा विदेशी नागरिकहरुको संख्या पछिल्लो बर्ष एक्कासी बढेको छ ।पछिल्लो १० बर्षमा कोरियामा प्रवासीहरुको संख्या बढेर तेब्बर भएको छ ।विदेशी कामदारको संख्या बढेसंगैं यो संख्या बढेको हो ।कोरिया सरकारले आईतबार सार्वजनिक गरेको एक तथ्यांकमा गत जनवरी १ सम्ममा यो संख्या करिब १.७४ मिलियन थियो ।
कोरियाको पराराष्ट्र मन्त्रालयको अनुसार कोरियामा यस्ता विदेशीहरु छन् जो विना कोरियन नागरिकता कोरियामा ९० दिन अर्थात ३ महिना भन्दा बढी बस्नेहरु छन् । अर्का किसिमको प्रवासीहरुमा कोरियनसंग विवाह गरी छोराछोरी भएका कोरियन नागरिकता प्राप्त गरेका छन् ।फरेन माईग्रन्टबाट विवाह गरेर आउने विदेशीहरुको संख्या रहेको छ ।
विदेशी नागरिकहरुमा चिनियाहरु ५४.७ प्रतिशत,भियतनामी ११.५ प्रतिशत,अमेरिकन ४.२ प्रतिशत रहेको थियो ।४० प्रतिशत अन्य रहेका छन् ।३५ प्रतिशत विदेशीहरु नागरिक ख्यंगिदो क्षेत्रमा बसोबास गर्दछन ।
(स्रोत योन्हाप)