Advertisement
SKIP THIS

ताप्लेजुङ सम्पर्क समिति कोरियाद्वारा आगलागी पीडितलाई राहत वितरण


ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले ताप्लेजुङका अग्नी पीडितलाई आर्थिक सहयोग गरेको छ। जिल्ला प्रशासन कार्यालय र नगरपालिकाकाे रहोवरमा २७ घरधूरी साथै जिल्ला फुटबल संघलाई ६ लाख ९२ हजार १ सय ६१ रुपैयाँ राहात वितरण गरिएको थियो।

नगरप्रमूख छत्रपति प्याकुरेल र नगर उप-प्रमूख बम बहादुर भट्टराईद्धारा राहात रकम वितरण गरिएको थियो । पुर्ण क्षति भएको ७ घर परिवारलाई जनही रु.३६,६६६।– रुपैयाँका दरले वितरण गरिएको थियो। बाँकी २४ परिवार मध्ये टीका गुरुङ,मंगल मेन्याङबो र बालमणि बरालले प्राप्त गर्ने रकम आफुभन्दा पीडितहरुलाई नै बितरण गरिदिन अनुरोध गरेका थिए। उक्त रकम प्रशासनको तथ्यांकमा छुट भएका पीडित रत्नबहादुर केसी समेत समावेश गरी पुर्ण रूपमा क्षती भएको ७ घरधनिलाई वितरण गरिएको थियो । त्यसैगरी जिल्ला फुटबल संघसहित २१ घरपरिवारलाई जनही रु.२०,७३८ का दरले सहयोग वितरण गरिएको थियो। राहत वितरण कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा प्रमूख प्रशासकीय अधिकृत र कर्मचारीहरुको सहभागीता रहेको थियो भने ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाका प्रतिनिधि सञ्चारकर्मी देबराज गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

बैसाख १९ गते राति जिल्लाको सदरमुकाम पुरानाे बैंक लाइनमा आगलागी हुँदा ७ घर पुर्णरुपमा जलेर करोडौंको क्षती हुनुको साथै दर्जनौ परिवार बिस्थापित भएका थिए।
ताप्लेजुङ सम्पर्क समितिको संयोजकत्वमा “आगलागी पिडित राहात अभियानमा २२४ जनाले सहयोग गरेको समितिका उपाध्यक्ष संकर राईले जानकारी दिएका छन्।

यस अभियानमा सकृय रुपले लाग्नुहुने दीर्ज काङ्भा, बिनाेद सावदेन, शुक्र लिम्बु, निशा चोङबाङ लिम्बू, मिराक पंधाक लिम्बू लगायत आर्थिक सहयोग गर्ने कोरियाबासि नेपालीहरुलाई समितिका अध्यक्ष हेम्बु इजम महासचिव सागर माङमु र कोषअध्यक्ष शान्तिला पालुंवा द्वारा संयुक्त रुपमा धन्यवाद व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • मंगल योङहाङ लिम्बूद्वारा NRNA ‘उपाध्यक्षका’ लागि उमेदवारी घोषणा
  • एनआरएनए दशौँ अधिवेशनमा तारा पुन मगरले वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...