Advertisement
SKIP THIS

सउल नेपाल गुम्बाले मे ३१ मा बुद्ध जयन्ती मनाउने


सउल । सउल नेपाल गुम्बाले २५६४ औं बुध्द जयन्ती यही मे ३१ मा मनाउने भएको छ । कोरोना भाइरसको कारण कोरियामा मनाउने यसपालिको बुद्ध जयन्ती सम्बन्धि सम्पुर्ण कार्यक्रम १ महिना पछाडी सारिएको छ । त्यसैले सउल नेपाल गुम्बाले पनि १ महिना पछि गर्न लागिएको गुम्बाका ब्यबस्थापन समिति अध्यक्ष दुध बहादुर लामाले जानकारी दिएको हो ।

कोरियन पात्रो अनुसा कोरियानहरूले  मान्ने रेली एप्रिल २४ तारिख नै थियो । ‘गुम्वाहरूमा ३० तारिखमा विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरेको थियो । कोरोनाले गर्द १ महिनापछी सारिएको हो ।’ अध्यक्ष लामाले भने । कोरिमा सधैं बुद्ध जयन्तीको अवसरमा गरिने ल्यन्टिन फेस्टिबल तथा रेली पनि १ महिना पछि अर्थात मे २३ मा गरिने भएको छ । कोरियान गुम्वाहरूले मे ३० मा मनाउने तयारी गरेको छ । सउल नेपाल गुम्वमा (थेग्छेन छ्योइलिङ)भने मे ३१ तारिख आईतवार विहान ११ बजे गरिने भएको हो ।

गुम्बा यबस्थापन समितिले कोरियामा भएका नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूलाई त्यस दिन गुम्बामा उपस्थित भै प्रसाद ग्रहण गरी दिनु हुन निमन्त्रणा गरेको छ ।

बुद्ध जयन्ती, के गर्ने र यसको फल के ?
करिब २६ सय वर्ष अघि नेपालको लुम्बिनीमा वैशाख बसन्त ऋतु शुक्लापक्क्ष सप्तमी तिथिका दिन भगवान सिद्धार्थ गौतम बुद्धको जन्म भव्को हो । गृह त्याग पश्चात् ३५ वर्षको उमेरमा वैशाखकै पूर्णि तिथिमा नै बुद्धत्व प्राप्त गरेका थिए । त्यसै गरी ८० वर्षको उमेरमा वैशाखको पुर्णि कै तिथि पारेर महापरिनिर्वाण गरेको हो । यसरी तिन वटा योग बसन्त ऋतु वैशाखैको पावन तिथिमा परेकाले तीब्बती भाषामा साघा दावा पनि भन्ने गरिएको सउल नेपाल गुम्बाको प्रमुख लामा गुरु कुन्साङ दोर्जे लामाले बताए । ‘जव भगवान बुद्धको महापरिनिर्वाण भयो त्यो समय देखि नै यो तिथिलाई पावन अवसर मानि बुद्ध जयन्तीको रूपमा मनाउँदै आएको हो’ । गुरु लामाले बताए । प्रस्तुत छ उहाँकै शब्दमा बुद्ध जयन्तीमा गर्नुपर्ने कार्य र यसको फलको बारेमा :-

यस्तो पावन तिथिहरूमा सकेसम्म धेरै र आफुले सकेको थोरै भएनि कुशल कर्महरू गर्दा अत्ति उत्तम हुने हुन्छ । जस्तै : दिप प्रज्वलनहरू गर्ने, भगवानलाई फलफूलहरू लगायत नैवेध तथा पंचामृतहरू बनाई चढाउनु, लामा भिक्षु-भिक्षुणीका साथै बुढा-बुढी र खाना लाउन नपुग्नेहरूलाई दान आदि गरिने । बुध्द तथा विद्वान महात्महरूले गरेको राम्रो कार्यहरुको बारे गुरुजनबाट सुन्ने आदि गर्नले शरीर, वचन, चित्त यो तिन द्वारले गरेको कू-कर्महरू छन भने ती सबै कटिने धार्मिक मान्यता रहेको छ । यसैबाट आत्मामा ज्ञानको प्रकाश उदय हुने हुनेछ ।

यसो गर्नाले जीवनमा पाप र अशुद्धहरू भएपनि कटिनुको साथै बिभिन्न दिन दशा ग्रहाहरू हटिने हुन्छ । सोचेका हरेक काम पूरा हुन्छ छ । यस्तो कुराहरू धर्म ग्रन्थहरू अध्यन गर्द पाईन्छ । त्यसैले यो समय कोरियान बौध्द मार्गीहरुले धर्म गरिने सजिलो उपायहरू अपनाएको देखिन्छ। जसरी बुध्दको नाममा एउटा भएनी कमलको फूलहरू रङगी बिरङगी बनाएर त्यसमा बिजुलीको कृतिम दीप बालिनुको साथै बुध्द जयन्तीको समयमा कोरियामा गुम्वा चैत्य, डाँडा, पहाड, बाटो जताततै झलमल्ल परिएको प्रत्यक्ष हामी देख्न सकिन्छ ।

यसलाई कोरियान भाषामा यनदुङ भनिन्छ । यनको अर्थ लोटस हो र दुङको अर्थ लानटेन अथवा दिव ( बत्ती ) हो । हरेक बुध्दजयन्तीमा नयाँ फेरिन्छ । त्यसैले हाम्रो नेपाली गुम्वामा पनि यनदुङ त्यसरी नै झिलीमिली सझाईन्छ । यो एक वर्ष सम्म नियमित रहने र पूजा पाठ भै रहने हुन्छ । आफ्नो ईच्छा र गक्षाले जति सक्छ त्यति वटा चढाउनु भै आफ्नो मनोकांक्षा पूरा गर्नुहोस् ।

नेपालमा भने आज अर्थात बैशाख २५ गते बैशाख पुर्णिामालाई बुद्ध जयन्तीको रुपमा मनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...