‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’


आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी अन्योलमा परेका छन् ।

‘नेपाल जाँदै छु, आफन्त साथीभाइ भेट्दै छु भनेर उत्साहित थिएँ, कम्पनीमा पनि सबै हिसाब–किताब भइसकेको छ,’ उनले भने, ‘परदेशले थलिएको ज्यानमा सास आउँछ भन्नेथ्यो । एकाएक सरकारले आउन नदिने निर्णय गर्‍यो भन्ने सुनें । अब के–कस्तो हुने हो ?’

बिहान साढे ५ बजे उठ्ने, खाजा खाने र ६ बजेदेखि बेलुकी ८ बजेसम्म ड्युटीमा खटिने । तीन वर्षदेखि एकैखालको दैनिकीले विरक्तिएका उनलाई घर फर्किने कुराले ऊर्जा दिएको थियो तर अब कति दिन यत्तिकै बस्नुपर्ने हो भन्ने चिन्ताले सताएको छ । ‘हुन त राम्रैका लागि गरेको होला तर हामी आफ्नै घर फर्कन नपाउने भयौं,’ उनले भने ।

नेपाली दूतावास दक्षिण कोरियाका कार्यवाहक राजदूत रामसिंह थापाले सरकारबाट कुनै औपचारिक जानकारी नपाएको बताए । ‘केही समय बस्ने, समय अनुकूल भएपछि नेपाल जाने,’ उनले भने, ‘हामीलाई पनि कुनै औपचारिक जानकारी सरकारबाट आएको छैन । केही दिनमा के कसो गर्ने भन्ने निर्देशन आउला ।’ ईपीएसबाट छानिएर आएका केही व्यक्तिको भिसा सकिएको जानकारी आएको उनले बताए । ‘भिसा सकिएको भनेर यहाँको परराष्ट्र मन्त्रालयले सूचना निकालेको रहेछ,’ उनले भने, ‘घर जाने टिकट लिएर नजिकको अध्यागमन विभागमा जाँदा एक महिनाको भिसा दिन्छ ।’

यस्तो भिसा लिनेले काम गर्न पाउने/नपाउने केही भनिएको छैन । मार्च २४ मा भिसा सकिन लागेका ज्ञान बस्नेतले अघिल्लै दिन फर्कनका लागि टिकट काटेका थिए । कम्पनीबाट बिदा लिएर इन्छन एयरपोर्टनजिकै साथी काम गर्ने कम्पनीमा आएका थिए । ‘अलि अलि सपिङ गर्नु थियो, त्यसैले मार्च १५ सम्म काम गरेर १७ तारिखमा साथीकोमा आएको हुँ । यता बजार पनि राम्रो, एयरपोर्ट पनि नजिक । केही समस्या नहुने । साथी एक्लै पनि थियो ।’

सपिङ सकेर सामान राम्ररी प्याकिङ पनि नगर्दै नेपाल फर्कन रोक लगाइएको समाचार सुने । ‘कस्तो अन्योल भने भिसाको अवधि सकिँदै छ, कम्पनीबाट निस्किसकिएको छ तर नेपाल जान नपाइने भो । के गर्ने, कसलाई सोध्ने ?’उनले भने ।

सरकारले दक्षिण कोरियाबाट नेपाल जान प्रतिबन्ध लगाएको एक महिनाको अवधिमा १ सय ५० भन्दा बढी रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत आएका नेपालीको भिसा सकिने छाङ्वन विदेशी कामदार सहयोग केन्द्रकी स्नेहा लामाको भनाइ छ । ‘यो एक महिनामा दुई समूहको भिसा सकिने रहेछ । एक समूहमा ७०/८० जना हुन्छन् । नेपालबाट कोरिया आउँदा एक समूहमा कति मान्छे आए, ती सबैको एकैचोटि भिसा सकिन्छ ।’

यसरी भिसा सकिनेलाई कम्पनीमा बस्न दिइएन भने सेल्टरहरूमा राख्ने योजना गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाले गरेको छ । ‘कोरियाका विभिन्न क्षेत्रमा रहेका हाम्रा साथीभाइले सम्भव भएसम्म सेल्टर खोजेर राख्ने व्यवस्था गर्नेछौं । सेल्टर भेटिएन भने नेपाली धेरै काम गर्ने क्षेत्रमा अस्थायी बसोबासको व्यवस्था गर्नेबारे छलफल भइरहेको छ,’ संघका अध्यक्ष यज्ञराज सुवेदीले भने । दक्षिण कोरियामा क्रियाशील संघसंस्थाले कम्पनी छोडेर नयाँ कम्पनी नपाउँदासम्म बस्नका लागि सेल्टर सञ्चालन गरिरहेका छन् ।

घर बिदामा जाने योजना भएका नेपाली पनि धेरै छन् । संगीता श्रेष्ठले मार्च २३ मा घर जानका लागि जनवरीमै टिकट लिएकी थिइन् । ‘कम्पनीले बल्ल–बल्ल मानेको थियो । कस्तो समयमा बिदा मागिएछ । कति गरेर बिदा पाएकी हुँ । अब बिदा पाइँदैन ।’ सरकारले प्लेन टिकट काटेकाको सबै रकम फिर्ता हुने बताए । अहिलेसम्म एयरलाइन्सहरूले कसरी पैसा फिर्ता गर्ने भन्ने जानकारी नगराएको निट ट्राभल्स सोलका ध्यान राईले भने । ‘हामीलाई कुनै पनि एयरलाइन्सले पैसा फिर्ता कसरी गर्ने भन्ने जानकारी गराएको छैन । पैसा त सबै देला । ट्राभल्स एजेन्सीहरूले केही चार्ज काट्ला कि ?’

कोरियाको व्यस्त दैनिकीलाई बिर्सेर परिवारसँग समय बिताउने धोको केही समयका लागि पछि धकिलिएको त छ नै, यहाँका नेपालीलाई यस्तो अवस्थामा सहयोग र उचित सल्लाह दिने कुनै संघसंस्था नहुँदा दोधारमा छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...