Advertisement
SKIP THIS

काभ्रेलीलाई विपत सहयोग समूहको राहत


मन्जु गुरुङ
काठमाडौं,  अहिले नेपालमा भूकम्प प्रभावितहरुलाई राहत बाढ्ने स्वदेशी तथा विदेशी समूहको संख्या दिन प्रति दिन बढ्दो छ । यसै मेसोमा काठमाडौंमा जोरपाटी नयाँ बस्तीका बासुकी टोलबासीहरुको समूह विपत सहयोग समूहले पनि काभ्रेको दाप्चा क्षेत्रबास गाविस  ५ का बासिन्दालाई राहत बाढेर आफनो अभियान शुरु गरेको छ ।

हाल सो स्थान काँशीखण्ड नागरपालिका वाड नम्बर १३ मा पर्छ । जहाँ रहेका ६८ घरधुरीका बासिन्दालाई प्रति घरधुरी १ बोराको दरले ७० बोरा चामल र केही कपडा विहिबार वितरण गरेका थिए । सो स्थानमा केही पूर्ण भत्केका त कति आँशिस भत्केका घरका बासिन्दाहरुलाई कतैबाट पनि राहत पाउन नसकेको सुनेपछि समूहका १५ सदस्यहरुबाट आर्थिक संकलन गरी चामल दिन आएका समूहका अध्यक्ष लेक कुमारी पुडासैनीले जानकारी गराए ।

man

 

नगरपालिकाबाट एउटा पाल र १० केजी चामल बाहेक कतैबाट केही नपाएको गुनासो गर्दै स्थानिय बासिन्दा वीर बहादुर तामाङ  पहिलो पटक एक घरमा एक बोरा चामल पाएकोमा खुशी भएका थिए । सबैजना सबै घर भत्केको गाउँमा मात्रै राहत बाढ्न जान्छन तर हामीलाई कसैले पनि राहत बाढ्न नआएको गुनासो उनीहरुको थियो । कसैको ध्यान नपुगेको वास्तविक पीडितलाई नै राहत दिन पाएकोमा सन्तोष व्यक्त गर्दै समूहका सदस्यहरुले आगामी दिनमा चर्केर भत्किन लागेका घरहरु भत्काएर सहयोग गर्ने योजना पनि रहेको जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...