काेरिया लगायत सबै युराेपेली देशहरूबाट नेपाल अाउन प्रतिवन्ध
नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन कडा कदमहरू चालेको छ। दक्षिणा काेरिया लगायत युराेपेली देशहरूबाट मार्च २० देखि अप्रिल १५ सम्म कुनै पनि यात्रु नेपाल जान सक्ने छैनन् ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाइ मार्गबाट नेपाल आउने लगभग सबै यात्रुलाई प्रतिबन्ध लगाएको छ।
‘युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू,इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाउने,’ निर्णयमा भनिएको छ। उक्त निर्णयअनुसार ती मुलुकबाट कुनै पनि यात्रु नेपाल आउन नपाउने भएका छन्।
दक्षिण कोरिया, जापान, मलेसिया, युएई, कतारलगायतका मुलुकमा धेरै नै नेपाली वैदेशिक रोजगारीका लागि गएका छन्। निर्णयअनुसार अमेरिका, अष्ट्रेलियामा रहेका नेपाली सिंगापुर वा बैंकक ट्रान्जिट भएर आउन सक्ने देखिएको छ। तर सरकारले यसबारे स्पष्ट रूपमा भनेको छैन।