हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै


कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ ।

कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर एलियन कार्ड(परिचय पत्र) बनाउने समयमा अध्यागमनले खिचेको फोटोको आधारमा धेरै नेपालीलाई पक्राउ गरेको गैह्र आवासिय नेपाली संघ दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले बताईन । ‘जाँच दिने समयको फोटोसँग अहिलेको फोटो फरक पर्दा पक्राउ परेका छन् । अहिले पाँच जना अरुको परिक्षा दिनेहरुलाई थप अनुसन्धान गर्न नियन्त्रणमै राखिएको छ । ’ गुरुङले भनिन् ।
अनुहार मिल्ने साथिलाई भाषा परीक्षा लेख्न लगाई कोरिया आएको भन्ने सूचनाका आधारमा एकजनालाई पक्राउ गरिए पछि कोरिया भरि नै नेपालीको संख्या ठुलो हुन सक्ने भन्दै अध्यागमले अध्ययन सुरु गरेको थियो । पक्राउ परी नेपाल फिर्ता हुनेहरुमा कोरिया आएको तीन महिना भएदेखि साढे तीन वर्ष बसेकासम्म कोरियामा काम गरेका नेपाली छन् ।
वइजम्बुबाट पक्राउ परेको एक नेपालीको कोरियाली भाषा परिक्षा दिँदा र अहिले प्रयोग गरेकोे हस्तक्षर नमिलेका कारण पक्राउ परेका छन् । सोही क्षेत्रमा भाषा अनुबादकका काम गर्दै आएका मुक्त गुरुङले पक्राउ गर्नु अघि विभिन्न तरिकाले शंकास्पद व्यक्तिहरुको पहिचान गर्ने गरेको बताउँछन् । ‘मैले चिनेको भाइलाई हस्तक्षर नमिलेको आधारमा पक्राउ गरेर केरकार गरेका रहेछन् । पछि उनले आफूले अरु नै मान्छेलाई जाँच दिन लगाएको स्विकार गरेकोले नेपाल फिर्ता पठाएको रहेछ ।’
अरुको नाममा परिक्षा दिने वा अरुलाई दिन लगाउने गम्भिर अपराध भएको कोरियन अध्यागमन बिभागले भनेको छ । कोरियाको कानुन अनुसा यस्ता क्रियाकलप गर्नेलाई तीन बर्ष जेल वा दुई करोड वन जरिवाना हुन सक्ने जनाएको छ ।
रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया आउने १६ वटा देशहरु मध्ये फिलिपिन्स र भियतनामबाट पनि नक्कली परिक्षार्थीले परिक्षा दिने गरेको भए पनि नेपालको जस्तो समस्या भने नभएको यहाँको अध्यागमन विभागले बताएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...