सोलुखुम्बु सेवा समाज कोरियाकाे १७औ बार्षिक साधारण सभा सम्पन्न

साेलुखुम्बु सेवा समाज काेरियाले जनवरी २६ तारिख कोरियाको सुवन शहरमा संस्थाको १७ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष बिशन राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा रहेका थिए। साथै अन्य संस्थाका प्रतिनिधिहरू विशेष अतिथिको रुपमा रहेका थिए ।
संस्थाको वार्षिक प्रतिवेदन सचीव राजु राईले प्रस्तुत गरेका थिए। आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्तोष राईले प्रस्तुत गरेका थिए। अार्थिक प्रतिबेदन अनुसार संस्थागत आम्दानी तर्फ 21,437,679 वाेन रहेको र 8901310 वाेन खर्च भएकोछ। साथै हाल संस्थाको कोषमा बचत 12,536,369 रहेकोछ।
वार्षिक प्रगति प्रतिवेदन यस्तो रहेको छ
सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया वार्षिक प्रतिवेदन 2019 /2020
१) पुर्व अध्यक्ष टि आर खालिङ र सक्रिय सदस्य केन्द्र कुलुङलाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न
२) अगिल्लाे कार्यसमितिले कोरियामा रहेका सोलुखुम्बु बासी तथा ,आम नेपालि समुदाय माझ आर्थिक सहयोग संकलन गरि म्युजिकल कन्सर्ट सम्पन्न गरि जिल्ला फाप्लु हस्पिटल लाई प्रदान गर्ने भनिएको बाँकी रहेको केही जटिल र पेचिलो बनेको एम्बुलेन्स हस्तान्तरण कार्य सम्पन्न ।
३) सोलुखुम्बुका अनुप्रन्त राईलाई कोषाध्यक्ष सन्तोष राईको संयोजकत्वमा अभियान अभियान सन्चालन गरि सोलुखुम्बु सेवा समाजको तर्फबाट १० लाख वोन र अभियान बाट संकलित 29,70,000 गरि जम्मा 39,70,000 वोन आर्थिक सहयोग प्रदान गरेकाे।
४) सोलुखुम्बु सेवा समाजले 2019 फ्रेब्रुवरी ३ मा अभिनन्दन तथा चियापान सहितको बृहत भेला कार्यक्रम सम्पन्न गरेकाे।
५)२०१९ जुन ८ सोलुखुम्बु सेवा समाज सास्कृतिक बिभागको बिशेष प्रायोजनमा तायाहाङ्मा सांगीतिक एकल साँझ तथा श्रष्ठा सम्मान कार्यक्रम सप्पन्न गरेकाे।
६) नेपाल सरकारले 2020 लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउदै 20 लाख पर्यटक भित्राउने लक्ष्य राखी सरकारले लिएका हरेक सकारात्मक राष्ट्रहितका कार्यक्रम र योजनाहरुप्रति एक सचेत नागरिकको हैसियतले रचनात्मक सहयोग र समर्थन गर्नुपर्छ भन्ने हिसाबले बिश्वको सर्बोच्च शिखर सगरमाथाको आगनबाट सोही जिल्लाको प्रतिनिधित्व गर्ने संस्था सोलुखुम्बु सेवा समाजले उक्त भ्रमण बर्षलाई सफल बनाउन “VISIT NEPAL YEAR 2020” उल्लेखित टिसर्ट सेप्टेम्बर १३ बेलुकी एभरेस्ट रेष्टुरेन्ट मा एक कार्यक्रम गरि टिसर्ट बितरण कार्य सुरु गरेको थियो। उक्त टिसर्ट बितरण कार्यक्रम 2020 बर्षभरी ने रहनेछ। हाल सम्म २ चरण गरि १८० पिस टिसर्ट बितरण गरि सकिएको ।
७) 2019 नोभेम्बर 25 मा सोलुखुम्बु सेवा समाजका सक्रिय सदस्य पेम्बा शेर्पाको बिदाई कार्यक्रम सम्पन्न
८) बर्तमान कार्यसमितिले सोलु हिमाल सेल्टरको जिम्मा लिई सकेपछि अहिलेसम्म कोरियामा काम छोडेका र विभिन्न कारणले सेल्टरमा बस्ने नेपालीहरू र सेल्टरकाे ब्यवस्थित तरिकाले ब्यवस्थापन गर्दै अाएकाेछ।
९) सोलुखुम्बु सेवा समाजको खेलकुद बिभाग लाई क्रीयाशिल गर्दै लैजाने र सोलुखुम्बु बासी खेलकुद प्रेमी दाजुभाइ तथा दिदिबहिनीहरु लाई संस्थासंग जोडदै अरु संस्थाहरु संग मजबुत सहकार्य आपसी सहयोग लाई मध्य नजर गर्दै सोलुखुम्बु सेवा समाझका खेलकुद बिभाग प्रमुख सिताराम बस्नेतको नेतृत्वमा 2019मा विभिन्न संघ सस्थाले आयोजना गरेको आधा दर्जन भन्दा बढी भलिबल खेलमा सोलुखुम्बु सेवा समाजको तर्फबाट सहभागिता जनाईएकाे।
१०) हाल सोलुखुम्बु जिल्ला सोताङ गा.पा का जिब्रोको क्यान्सर पीडित प्रकाश बस्नेत उपचारर्थ कार्यसमितिका उपाध्यक्ष मोहन राई लगायतका साथिहरुको नेतृत्वमा सहयोग अभियान चलीरहेको छ। यसमा संस्थागतरूपमा समेत सक्दाे सहयोग गरिनेछ। सास्कृतिक बिभागका दिनेश नाछिरिङ राईको नेतृत्वमा दुधकोशी गा.पा का मृगौला पीडित सुर्य बहादुर राईका लागि चलिरहेको आर्थिक सहयोग अभियानलाई समेत सक्दो सहयोग रहनेछ।
११) हाल विभिन्न संघ सस्थाहरु संग आपसी साथ सहयोग र कार्यक्रमहरु मार्फत सहभागिता आदानप्रदान भैरहेको छ ।करिब १७ वर्ष अगाडि २००३ मा यो संस्थाको स्थापना कोरियामा भएकाे थियो ।
यस १७ औ वार्षिक साधारणसभामा उपस्थिति जनाईदिनु हुने सम्पुर्ण सोलुखुम्बु बासि दाजुभाइ तथा दिदिबहिनीहरुलाई संस्थाले धन्यवाद दिएको छ ।