Advertisement
SKIP THIS

किम्हेमा तमु ल्हाेसार भब्य रूपमा सम्पन्न तथा तमु आवास गृहकाे उद्घाटन


कोरियाको दक्षिण भेग किम्हेमा पनि यहि जनवरि १२ तारिख अाईतबारका दिन  तमु ल्हाेसार भब्य रूपमा सम्पन्न भएकाे छ।
किम्हे स्थित लुम्बिनी रेष्टुरेण्टकाे हलमा बिगतका बर्ष जस्तै यस बर्ष पनी आयोजक तमू धी ख्यङसाङनाम्दो बुसान शाखा र सह आयोजक तमु समाज खजेदोले ल्हुता प्रेतामा आधारित गुरूङ(तमु ) जातिको मौलिक चाड तमु ल्हाेसार पर्व भब्य रूपमा मनाएकाे हाे।

गुरूङ जातिकाे अाफ्नाे माैलिक भाषा, भेष भुषा, संस्कार संस्कृती, परम्परालाई बचाई राख्ने ,प्रबर्दन गर्ने, महत्वपुर्ण उद्देश्य सहित फो ल्हो (मृग बर्ग ) लाई बिदाई गर्दै च्यू ल्हो (मुसा वर्ग ) लाई स्वागत गरी शुभकामना आदान प्रदान गरिएकाे थियाे।
उत्त ल्होसार कार्यक्रममा तमूधी दक्षिण कोरियाको केन्द्रिय अध्यक्ष जित गुरूङ प्रमुख अतिथीको रूपमा रहेका थिए भने बिशिष्ट अतिथीको रूपमा NRNA दक्षिण काेरियाका अध्यक्ष यज्ञ राज सुवेदी र नेपाली गित संगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएका लोक पारखीहरूको मन मुटुमा बस्न सफल गायिका इन्द्रा गुरूङ रहेका थिए ।

तमुधि बुसान शाखाकाे अध्यक्ष अनिस गुरूङकाे अध्यक्षतामा महासचिब गीतासिंह गुरूङले कार्यक्रम संचालन गरेका थिए। संस्थाकाे बरिष्ठ सल्लाहकार गाेपाल गुरूङले मन्तब्यले स्वागत गरेका थिए भने सल्लाहकार कर्ण गुरूङले ल्हाेसारकाे बारेमा प्रकाश पारेका थिए।

साेहि कार्यक्रममा तमुधिं बुसान शाखाले स्थापना गरेकाे तमु आवास गृहकाे उद्दघाटन पनि भएकाे थियाे।

दाेश्राे चरणकाे साॅंस्कृतीक कार्यक्रम संस्थाका उपाध्यक्ष फिलिप गुरूङले सन्चालन गरेका थिए ।
संस्थाको सक्रिय सदस्य तथा प्रतिभाशालि कलाकार आशा गुरूङ र सुनिल गुरूङको स्वागत डान्स संगै सुरू भएको साॅंस्कृतिक कार्यक्रममा अन्याड. नेपाली समाज उल्सानको बहु प्रतिभाशाली डान्सर रामु मगरले कमेडी डान्स प्रस्तुत गरी सबैलाइ हसाएका थिए । गायिका इन्द्रा गुरूङको प्रस्तुतीमा उपस्थित सबैजना झुमेका थिए ।लगतै संस्थाका गायक बुद्दी गुरूङ र हेमन्त गुरूङले उत्कृष्ट गायन प्रस्तुती दिदैं सम्पुर्ण दर्शकलाई नचाउन सफल भएका थिए।

उपस्थित पाहुना महानुभाव लगायत सबैले सेल रोटी र नेपाली खानाको बिभिन्न परिकारको स्वाद संगै भरपुर रमाइलो गरेका थिए । कार्यक्रममा तमु तथा गैह्र तमु गरि सय जना भन्दा बढिकाे उपस्थिति रहेकाे थियाे।
कार्यक्रम सफल बनाउन सहयाेग गर्ने पदाधिकारी,उपस्थित पाहुना तथा अथितिहरूलाई अध्यक्ष अनिस गुरूङले विशेष धन्यबाद प्रदान गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...