मुस्ताङ परिवार दक्षिण कोरियाले सलनालमा “लोसार डान्स पार्टी” गर्ने


दक्षिण कोरिया । मुस्ताङ परिवार दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर यही २४ जनवरी २०२० मा कोरियाको राजधानी सउलस्थित छियोङ्न्याङी सिदेकोरिया (CHEONGNYANGNI 시대코리아) हलमा “लोसार डान्स पार्टी” आयोजना गर्ने भएको छ ।

मुस्ताङ जिल्लाको दुर्गम भेगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ को “लोसार डान्स पार्टी” आयोजना गर्न गईरहेको जानकारी गराउँदै प्रवेश शुल्क स्वरुप २०,०००/- वोन तोकिएको र ५०,०००/- वोन भन्दा माथि सहयोग गर्ने सहयोगीहरुलाई टिकटसँगै हलभित्र खाजा सेट उपलब्ध गराइने गराइने मुस्ताङ परिवारका अध्यक्ष छिरिङ गुरुङले बताए । संस्थाका उपाध्यक्ष पेमा गुरुङ थप्छन्-सन् २००१ मा स्थापित यस संस्थाले विभिन्न संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आइरहेको छ, यसअघि २००९ आयोजना गरिएको डान्सपार्टी कार्यक्रममा जस्तै यो पटक पनि उल्लेखनीय सहभागिता हुनेमा विश्वस्त छौं ।”

उक्त “सलनाल डान्स पार्टी” को लागी नेपालबाट चर्चित डिजे सुस्मिता महर्जन (DJ NANI) र भर्सटायल गायक विनोद बानियाँ आउने भएका छन् साथमा कोरियाभरि नै एकछत्र निरन्तर लोकप्रियता कमाईरहेका पुरानो डिजे DJ C Man सहितको प्रस्तुतिले यो डान्स पार्टी अहिलेसम्म कै पृथक र धमाकेदार हुनेमा आयोजकले दावी गरेको छ । यस संस्थाले विविध क्षेत्रमा विशुद्ध सामाजिक सेवा गर्दै आइरहेको परिप्रेक्ष्यमा आयोजना गर्न लागिएको “लोसार डान्स पार्टी” कार्यक्रममा सहभागी भई मनोरन्जन सँगै पुण्य कमाउनुहुन दक्षिण कोरिया स्थित विभिन्न संघ-संस्थाहरु, विविध पेशा, व्यवसायमा आबद्व तथा ईपिएस मार्फत विभिन्न कार्यमा संलग्न नेपाली दाजुभाई, दिदीबहिनी, विधार्थी, पत्रकार तथा बुद्धिजीवी लगायत सम्पूर्ण महानुभावहरुमा मुस्ताङ परिवार दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम गरिने सोही जनवरी २४ तारिक बेलुका ०९:०० बजेदेखि दोङ्देमुन यक गेट नम्बर ३ बाट दुई वटा निःशुल्क बसको व्यवस्था गरिने भएको छ । ट्याक्सीबाट हलसम्म पुग्नको लागि 동대문 구전농동 622-1 성오로 옆시대 코리아 빌딩 지하 1 층 ठेगाना रहेको छ । अन्य विविध जानकारीका लागी कार्यक्रम पोष्टर हेर्नुहुन र उक्त दिन कुनै अन्य संस्था वा समूहले कार्यक्रम नजुधाईदिनु हुन पनि संस्थाले हार्दिक अपिल गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • काेरियामा प्रणय विशेष साहित्य संगीत साँझ २ सम्पन्न
  • मृत सपना (कविता)
  • ढाकाटोपीले सुहाउँदैन थेबा
  • गोर्की, तिमी एकपल्ट गाउँका मान्छे भेट्न जाऊ- एन्टोन चेखब
  • ईपिएस

    नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्याे

    नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियाले सन् २०२० का लागि कामदारको न्यूनतम तलब बढाएको छ । गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ । कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला ...

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    महिला / बालबालिका

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    error: Content is protected !!