गोर्की, तिमी एकपल्ट गाउँका मान्छे भेट्न जाऊ- एन्टोन चेखब


सन् १८९८ मा यो चिठी लेखेका बेला रसियन लेखक एन्टोन चेखब र म्याक्सिम गोर्की बीच प्रत्यक्ष चिनजान थिएन। कुराकानी चिठी आदानप्रदानको औपचारिकतामा मात्र सीमित थियो। व्यक्तिगत रूपमा लेखिएका ती चिठीमा उनीहरू लेखनसँगै समाज र देशका विभिन्न विषयमा कुराकानी गर्थे। गोर्की चेखबलाई कथाहरू पढ्न पठाउँथे। चेखब पनि कथाको प्रतिक्रिया पत्रमै फिर्ता दिन्थे।

आफ्ना प्रशंसक तथा युवा लेखक गोर्कीलाई त्यसरी लेखिएका जवाफमा चेखबले प्रशंसा र आलोचना दुवै गरेका छन्। उनको प्रशंसामा नयाँ पुस्तालाई पुरानो पुस्ताले दिनुपर्ने उत्प्रेरणा झल्किन्छ भने आलोचनामा बुढो हुँदै गएको एक लेखकले जवान लेखकप्रति गरेका अपेक्षा प्रतिबिम्बित हुन्छन्। गहन अध्ययन गरेर गरिएका ती प्रशंसा र आलोचना स्मरणीय छन्। यो पत्रमा चेखब आफू किन नाटकबाट टाढा हुने निर्णयमा छन् भन्ने पनि बताउँछन्। सँगै आफ्नो लेखनका विविध आयाम खोल्छन्।

एलेक्सी पेसकोभ नामको व्यक्ति राजनैतिक उत्साहका कारण म्याक्सिम गोर्की भएका हुन्। गोर्कीको अर्थ रसियन भाषामा नमिठो भन्ने हुन्छ। मार्क्सवादी सामाजिक प्रजातान्त्रिक आन्दोलनताका नै चर्चित व्यक्ति बनिसकेका थिए गोर्की त्यही राजनैतिक आस्था र विश्वासको कारण पटक पटक गिरफ्तार भएका थिए।

चेखबले जवाफ पठाएको यो चिठीपछि दुवैको मित्रता झनै झांगियो। कतिसम्म भने टसर निकोलस दोस्रोले गोर्कीलाई प्रोफेसरबाट हटाएको विरोधमा चेखबले पनि आफ्नो पदबाट राजीनामा दिएका थिए। यस्ता प्रभावशाली गोर्कीका बारे चेखबले एकपल्ट भनेका थिए- ‘एक समय आएपछि गोर्कीका रचना मान्छेले भुल्नेछन् तर उसको व्यक्तित्व सय वर्षपछि पनि बिर्सिन नसकिने भएर रहनेछ।’ गोर्कीलाई एन्टोन चेखबले लेखेको चिठीको सुरज सुवेदीले गरेको नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको छ।

एलेक्सी पेसकोभ (म्याक्सिम गोर्कीलाई)
याल्टा, ३ डिसेम्बर १८९८
प्रिय, एलेक्सी म्याक्सिमोभिच
तिम्रो पछिल्लो चिठी पाएर रमाइलो मानेँ। हृदयदेखि धेरैधेरै धन्यवाद।

मैले ‘अंकल भान्या’ नाटक धेरै पहिला लेखेको थिएँ। तर त्यो स्टेजमा प्रस्तुत भएको कहिल्यै पनि देखिनँ। तर पछिल्ला केही वर्षमा यसलाई प्रदेश तहका थिएटरहरूमा मञ्चन गरिएको छ। मैले यसलाई आफ्ना छानिएका नाटकको संग्रहमा समावेश गरेकाले त्यसो गरिएको हुन सक्छ। तर अचेल म आफ्ना नाटकलाई बेवास्ता गर्न थालेको छु। थिएटर पछ्याउन छोडेको पनि धेरै समय भइसक्यो। अब थिएटरको लागि लेख्ने कुनै जाँगर छैन।

म तिम्रा कथाका बारेमा कस्तो सोच्छु भनेर सोधेका रहेछौ। मैले के सोच्छु र? तिम्रो प्रतिभामाथि मलाई कुनै शंका छैन। लेखनमा अगाडि बढ्न यो क्षमता पर्याप्त छ। यसले तिमीमा कुनै असामान्य शक्ति रहेको छनक मलाई दिइरहन्छ। यति भन्छु, अहिलेलाई मैले तिम्रो ‘इन दि स्टिपी’ कथा खुब मनपराएँ। खासमा यस्तो मैले किन लेख्न सकिनँ भनेर इर्ष्यालू पनि भएँ।

तिमी एक कलाकार हौ र बुद्धिमान पनि छौ। तिमीसँग महशुस गर्ने प्रशंसायोग्य क्षमता छ। तिमी ‘थ्रि डाइमेन्सनल’ छौ। तिमीले वर्णन गरेका कुरा पढ्दा प्रत्यक्ष हेरेको वा छोएको जस्तो लाग्छ। यो एकदमै विशुद्ध कला हो। तिमी यस्तो छौ भन्न पाउँदा मलाई एकदमै खुसी लागिरहेको छ।

म दोहोर्‍याउँछु, म खुसी छु। यदि हामीले एक अर्कालाई बुझ्न पाउने भए वा घन्टौ् कुराकानी गर्न पाउने भए म तिमीलाई कति उच्च सम्मान गर्छु र तिम्रो क्षमतामा मैले के-के आशा गर्छु भन्ने अझै स्पष्ट थाहा पाउने थियौ।

अब म तिम्रो कमजोरी बारे कुरा गरौं? यसो गर्न त्यति सजिलो छैन। एक क्षमतावान् मान्छेको कमजोरीका बारे कुरा गर्नु बगैंचामा हुर्किएको अग्लो रूखको कमजोरी बारे कुरा गर्नुजस्तै हो। खासमा समस्या रूख आफैंमा नभएर त्यसलाई हेर्ने मान्छेलाई कस्तो मनपर्छ भन्ने कुरामा धेरै थोक भर पर्छ। यस्तै हो नि हैन?

तर तिमीमा धैर्यताको कमी छ। तिमी थिएटर हेर्न गएको एक दर्शक जस्तो छौ जो स-साना कुरामा अधैर्य भएर खुसी व्यक्त गरिहाल्छ र आफू तथा अरूलाई थप कुरा सुन्न अवरोध गर्छ। तिमीले आफ्नो संवाद छोडेर गरेको प्रकृतिको वर्णनबाट त्यो धैर्य कम भएको प्रमाणित हुन्छ। जब म ती वर्णनलाई पढ्नु र ती अझै छोटा र कसिला हुन् भन्ने चाहन्छु। केवल २ वा ३ वाक्य लामा।

तिम्रो लेखनमा बारम्बार दोहोरिइरहने शिथिलता, गुनगुनाहट, र रेसमी वर्णन भद्दा लाग्छन्। तिनले तिम्रो वर्णनलाई आलंकारिक गुणस्तर त दिएका होलान् तर सँगै अल्छीलाग्दो पनि बनाएका छन्। पाठकलाई हतोत्साहित पार्छन् र एकदमै थकाइदिन्छन्।

तिम्रो ‘माल्भा’ तथा ‘अन दि र्‍याप्ट्स’ कथामा गरिएको महिला र प्रेमिल दृश्यका वर्णनमा पनि त्यस्तै अधैर्य देख्न सकिन्छ। यो कुनै पेन्टिङमा ब्रसले दलेको वा धेरै भएको रङ पुछेको जस्तो कुरा हैन। यो केवल धैर्यको कमी मात्र हो।

तिम्रा रसका कथामा आवश्यक नपर्ने शब्द पनि बारम्बार दोहोर्‍याइरहन्छौ। जस्तै ‘म्युजिकल एकोम्पनिमेन्ट’ र ‘हार्मोनी’ जस्ता शब्द दिक्क लाग्दा छन्। तिमी लगातार बगेको छालजस्तो बोलिरहेका हुन्छौ। तिम्रो बौद्धिकताको वर्णन कुनै सावधानीले अड्किएको जस्तो पाउँछु। बौद्धिक व्यक्तिहरूलाई पर्याप्त अवलोकन नगरेका कारण यस्तो भएको हैन। तिमी तिनलाई जान्दछौ तर तिनलाई कुन तरिकाले र कुन कोणबाट हेर्ने भन्ने बारे अनभिज्ञ छौ।

तिमी कति वर्ष भयौ? म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ भन्ने पनि थाहा छैन। तर मलाई लाग्छ, जवान हुँदै गर्दा र साहित्य र साहित्यिक संसारको काँध चढ्न लाग्दै गर्दा, दुई वा तीन वर्षका लागि तिमीले ‘नित्च्से’ छोड्नुपर्छ। हामीलाई पढ्न र व्यवसायिक हुन हैन तर साहित्यको संसारमा डुब्न र यसलाई माया गर्दै हुर्किन त्यसको तिमीलाई जरुरत छ।

यो देशको प्रदेशमा मानिसहरू चाँडै बुढा हुन्छन्। त्यहाँ गएर तिनलाई बुझ्ने कोशिस गर्नू। कोरोलेन्को, पोटापेन्को, ममिन, इरटेल लगायत सबै ठाउँमा साह्रै गज्जबका मानिस बस्छन्। तिनीहरूले सुरूमा तिमीलाई अल्छी लगाउन सक्छन् तर केही वर्षमा बानी हुनेछौ। तिमीबाट जति मूल्य पाउन योग्य छन्, त्यति मूल्य तिनलाई दिनेछौ भन्ने आशा छ। उनीहरूसँगको सम्बन्धले तिमीलाई राजधानी सहरको असहजता र असमर्थता भुल्न मद्दत गर्नेछन्।

म अब हुलाक कार्यालयतिर जाँदैछु। तन्दुरुस्त रहनू। खुसी भइरहनू। मैले तिम्रा हात कसिलो गरी समाएँ भन्ने सम्झिनू।

चिठीका लागि धेरैधेरै धन्यवाद।

तिम्रो,

चेखब।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • काेरियामा प्रणय विशेष साहित्य संगीत साँझ २ सम्पन्न
  • मृत सपना (कविता)
  • ढाकाटोपीले सुहाउँदैन थेबा
  • गोर्की, तिमी एकपल्ट गाउँका मान्छे भेट्न जाऊ- एन्टोन चेखब
  • ईपिएस

    नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्याे

    नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियाले सन् २०२० का लागि कामदारको न्यूनतम तलब बढाएको छ । गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ । कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला ...

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    महिला / बालबालिका

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    error: Content is protected !!