कोरियन चलचित्र म्याडोनाले पहिलो दिन मै छलाङ मार्यो
रोशन राई
सोल- कम बजेटमा नै निर्माण सम्पन्न भएको कोरियन चलचित्र ‘म्याडोना’ ले अपेक्षा भन्दा धेरैको मन जितेर दर्शकहरुको मनमा बस्न सफल भ,ई अत्यधिक प्रशंसा र चर्चा बटुलेपछी एक पटक हेर्नैपर्ने फिल्म बन्न सफल भएको छ ।
हिजो बिहिबारदेखी मात्रै चौसठ्ठी चलचित्र हलहरुमा प्रदर्शन सुरु गरिएको भए पनि टिकट पाउन मुश्किल भएको थियो । यसको प्रदर्शनले राम्रो ब्यापारको साथ बजार पिटेपछी हजारौँ चलचित्र हल तथा पर्दामा प्रदर्शन गरी फिल्मी बक्स अफिस तोड्ने अन्य चलचित्रहरु भन्दा कम नरहने कुरा निर्माण पक्षले बिश्वाश लिएका छन ।
‘म्याडोना’ चलचित्रको लागत तीन लाख पचास हजार डलर मात्रै भएतापनी उक्त फिल्म ‘वर्ल्ड टप फिल्म’ को श्रेणीमा पर्न सफल भएको छ । त्यस्तै यो चलचित्र मे महिनामा सम्पन्न भएको क्यान फिल्म फेस्टिभल २०१५ मा पनि नोमिनेशनमा पर्न सफल भएको थियो ।
उक्त चलचित्र बारे कोरियन मिडियाहरुले यसको प्रशंसा गर्दै भनेका छन , ‘चलचित्र उधोगमा बेग्लै महत्वपूर्ण पक्षको बिबिधताको मुल्य लाई म्याडोनाले सम्झाएको छ ।‘
यस्तै यो फिल्म ” सिन सु वोन्” द्वारा निर्देशित गरिएको हो भने चलचित्रमा एउटा नर्स महिलाले आफ्नो बिरामीकी लोभी छोरासँग सामना गर्नुपरेको तथा उनको पिताको दीर्घायु जिवनको लागी मुटु ट्रान्सफर गर्नुपर्ने, कोही पात्रलाई पैसाको अभाव जस्ता कथा बस्तुहरु समेटिएको छ ।