Advertisement
SKIP THIS

बढी भत्ता बाँडेको आरोप लागेपछि जापानी न्याय मन्त्रीद्वारा राजीनामा


श्रीमतीमाथि निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको आरोप लागेपछि जापानका न्याय मन्त्रीले पदबाट राजीनामा दिएका छन् । त्यहाँका उद्योगमन्त्रीले राजीनामा दिएको एक साता नपुग्दै न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका हुन् ।

जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले कावाईकी पत्नीले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको सार्वजनिक गरेको थियो । पत्रिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार कावाईले आफ्ना १३ महिला निर्वाचन अभियानकर्मीलाई कानूनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात् प्रतिदिन २७६ डलर बराबर खर्च उपलब्ध गराएकी थिइन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई आलु तथा मकै उपहार दिएर मत प्रभावित गराएको आरोप पनि उनीमाथि छ ।

श्रीमतीले निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको समाचार सार्वजनिक भएलगत्तै मन्त्री कावाईले उच्च नैतिकता प्रदर्शन गर्दै पदबाट राजीनामा बुझाएका हुन् ।

यद्यपि, काबाईले आफूमाथि लागेको आरोप निराधार भएको प्रतिक्रिया दिएका छन् । राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो पत्नी एन्द्री वा ममाथि लगाइएका आरोप निराधार छन् । हामीले कुनै अनियमितता गरेका छैनौँ । यसलाई तल्लो तहसम्म पुगेर आरोपलाई निराधार पुष्टि गर्नु नै अहिलेको मेरो जिम्मेवारी हो ।’

हिरोसिमाको निर्वाचन क्षेत्र नं ३ बाट संसदको तल्लो सभाका लागि सात पटकसम्म निर्वाचित कावाईले सेप्टम्बरदेखि न्यायमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

काबाई एक सातामा मन्त्री पदबाट राजीनामा दिने दोस्रो व्यक्ति हुन् । गत शुक्रबार मात्रै आफ्ना सहयोगीलाई कानूनविपरीत नगद तथा उपहार वितरण गरेको आरोप लागेपछि त्यहाँका उद्योग मन्त्रीले पदबाट राजीनामा बुझाएका थिए ।

लगातार दुई मन्त्रीले पदबाट राजीनामा दिएपछि जापानी प्रधानमन्त्री आवेमाथि धक्का लागेको छ । उनले दुई मन्त्रीको राजीनामाको जिम्मेवारी लिँदै जनतासँग माफी मागेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...