प्रतिबन्धपछि मेसी अर्जेन्टिनी टोलीमा फर्किए


तीन महिनाको प्रतिबन्धपछि यसै महिना हुने ब्राजिल र उरुग्वेविरुद्धका मैत्रीपूर्ण खेलका लागि लियोनेल मेसी अर्जेन्टिनी टोलीमा फर्किएका छन्।

बार्सिलोनाका ३२ वर्षीय फरवार्ड मेसी जुलाईमा भएको कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको चिलीविरुद्धको खेलमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए।

कोपा अमेरिकामा नै भ्रष्टचार भएको टिप्पणी गरेपछि उनीमाथि तीन महिनाको प्रतिबन्ध लगाइएको थियो। जारी सिजनमा बार्सिलोनाका लागि चार गोल गरेका मेसीले आफ्नो तीन महिने प्रतिबन्धमा अर्जेन्टिनाबाट तीन खेल गुमाए।

अर्जेन्टिनाले नोभेम्बर १५ मा ब्राजिलसँग साउदी अरबमा खेल्ने छ भने १८ नोभेम्बरमा उरुग्वेसँग इजरायलमा खेल्ने छ।

अर्जेन्टिनी टोली

गोलकिपर : अगस्टिन मार्चेसिन, हुवाँ मुसो, इलिमानो मार्टिनेज, इस्टेब्यान अन्ड्राडा

रक्षक : हुवाँ फोएथ, रेन्जो साराविया, निकोलस ओटामेन्डी, जर्मन पेजेल्ला, मार्कोस रोहो, वाल्टर केन्नेम्यान, निकोलस टाग्लाफिको, नेहुएन पेरेज, ग्वीदो रोडरिग्वेज

मिडफिल्डर : जियोभानी लो सेल्सो, लियोनार्दो पेरेडेज, निकोलस मोमिन्ग्विज, रोड्रिगो डी पाउल, मार्कोस एक्युना, रोबर्टो पेरेरा, लुकास ओकाम्पोस

फरवार्ड : लियोनेल मेसी, सर्जियो अग्वेरो, निकोलस गोन्जालेज, लुकास अलारियो, लौटारो मार्टिनेज, पाउलो डिबाला

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ‘तामाङ कलाकार संघ’ गठन, अध्यक्षमा युनिक दोङ
  • खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा दोङ्देमुनमा सेल्टर सञ्चालन
  • कोरियामा हुने “द भ्वाइस अफ नेपाल 2 लाइभ” कार्यक्रमको तयारी बारे पत्रकार सम्मेलन जनावरी १९ मा
  • इलामेली समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा केदार निरौला
  • ईपिएस

    नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्याे

    नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियाले सन् २०२० का लागि कामदारको न्यूनतम तलब बढाएको छ । गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ । कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला ...

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    महिला / बालबालिका

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    error: Content is protected !!