चारदिनपछि मर्सको बिरामी भेटियो
ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियामा केही दिन यता थप मर्सको बिरामी भेटिएको थिएन तर बिहिबार एक जनामा मर्सको संक्रमण भएको पाइएको छ ।चारदिनपछि मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामक भाइरसबाट थप एकजनामा संक्रमित पाइएसंगैं हालसम्म संक्रमितको संख्या १ सय ८३ जना पुगेको छ ।
नयां मर्स संक्रमित बिरामी सामसुंग मेडिकल सेन्टरका महिला नर्स भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।कोरियामा मे २० तारिखमा देखा परेको यो मर्सको संक्रमणबाट ३३ जनाले ज्यान गुमाइसकेका छन् ।स्वास्थ्य तथा कल्याण् मन्त्रालयको अनुसार संक्रमित मध्येका १०२ जना पुर्ण उपचारपश्चात घर फर्केका छन् ।
श्वासप्रश्वाससंबन्धीको यो रोग साउदी अरबमा पहिलोचोटी देखा परेको थियो भने यो भाइरसको कुनैं उपचार छैंन् ।