Advertisement
SKIP THIS

अक्टोबरमा हुने माम्फका लागि गायक हिमाल सागर कोरिया आउने


आप्रवासीहरुका लागि कोरियाकै सबैभन्दा ठुलो कार्यक्रम ‘माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल (माम्फ) २०१९’ आगामी अक्टोबर २५ तारिखदेखि २७ तारिखसम्म हुने भएको छ ।
ख्यङनाम माइग्रेन्ट सेन्टरको सहकार्यमा हरेक वर्ष आयोजना गरिदै आएको उक्त तीन दिने फेस्टिभल ख्यङसाङनाम्दोस्थित छाङवन शहरको योङजी पार्कमा हुने आयोजकले जनाएको छ ।

विगत १४ वर्षदेखि विदेशीहरुका लागि कोरियामा आयोजना हुर्दै आएको उक्त फेस्टिभलमा श्रीलंका, उज्बेकिस्तान, थाइल्याण्ड, भियतनाम, चीन, फिलिपिन, बंगलादेश, मंगोल, इन्डोनेसिया, कम्बोडिया, पाकिस्तान, म्यानमार र नेपाल गरी १३ मुलुकहरुको सहभागिता रहने छ । महोत्सव अवधिभर विभिन्न देशको कला, संस्कृति, भेषभूषासहितको पहिचान झल्कने सामग्री प्रदर्शन गरिनुकासाथै आआफनो मुलुकको खानाका स्टल राखिनुका साथै विभिन्न गीतसंगीत प्रतियोगिता तथा खेलहरु पनि प्रस्तुत गरिने छ ।

अक्टोबर २५ तारिख शुक्रबारदेखी २७ तारिख आइतबारसम्म चल्ने माम्फका लागि यसपटक नेपालबाट गायक हिमाल सागर र टंकमाया लिम्बू कोरिया आउने भएका छन् । महोत्सवमा नेपाली परिकार तथा विभिन्न भेषभूषा र कला संस्कृति चिनाउने सामग्रीहरुको स्टल पनि राखिने भएको छ ।

महोत्सवको अन्तिम दिन आइतबार हुने धामुन्ह्वा परेडमा यसपटक नेपालको तर्फबाट नेवारी संस्कृतिभित्रको जिवित देवी कुमारी जात्रा प्रदर्शन गरिने भएको छ। दिनको चारबजे सुरु हुने धामुन्ह्वा परेडमा प्रथम हुनेलाई ३० लाख कोरियन वन, दोस्रो हुनेलाई २० लाख वन र तेस्रो हुनेलाई १० लाख वन पुरस्कारको समेत व्यवस्था गरिएको छ । परेडमा सहभागी हरेक मुलुकको एकसय जना देखि धेरैमा एकसय पचास जनासम्मले सहभागिता जनाउन सक्ने छन् ।

आप्रवासीहरुसँगै बहुसाँस्कृतिक महोत्सव (माम्फ) को उदघाटनदेखि समापन कार्यक्रमसम्म विभिन्न उच्च ओहदाका पदाधिकारी सहित महोत्सवमा सहभागी राष्ट्रहरुका राजदूतहरुको समेत उपस्थिति रहने छ भने यो पटकको प्रमुख अतिथिका रुपमा श्रीलंकाका परराष्ट्र मन्त्रीसहितको टोली सहभागी हुने आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...