कोरियामा नेपाल मगर सङ्घ थेगु शाखाले ”कबड्डि ३”चलचित्र प्रदर्शन गर्दै
दिप थापा मगर – थेगु
नेपाल मगर सङ्घ थेगु शाखाले आउदो अक्टुबर १३ तारिख चलचित्र ” कबड्डि ३ ” कोरियामा प्रदर्शन गर्ने भएकाे छ।
यस वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र “कबड्डी ३” थेगु शहरको 동성아트 हलमा , 대구역 अगाडि प्रदर्शन गर्ने भएको छ । संस्थाको आपतकालीन राहतकोष निर्माण सहयोगार्थको मुख्य उद्वेश्य सहित सो चलचित्र प्रदर्शन गर्न लागिएको नेपाल मगर सङ्घ थेगु शाखा का अध्यक्ष कुमार गर्बुजाले जानकारी दिए । अध्यक्ष गर्बुजा थप्छन -“पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर छायांकन गरिएको नेपाली सिनेमा क्षेत्रमा दर्शकहरुले निकै रुचाएको ब्राण्ड नै बनेको सिरिज हो ‘कबड्डी’, यो तेश्रो सिक्वेल हो जसले पूर्ण मनोरन्जन दिने र कोरियामा यसले ब्यापक सफलता प्राप्त गर्नेमा विश्वस्त छौं ।”
रामबाबु गुरुङ निर्देशित सिनेमा बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको यस “कबड्डी-३” चलचित्रमा स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा शाक्य, विल्सन विक्रम राई, विजय बराल बुद्वि तामाङ, लुनिभा तुलाधर, विजय बराल लगायतका कलाकारहरूको अभिनय छ ।
यस संस्थाले विविध क्षेत्रमा विशुद्ध सामाजिक सेवा गर्दै आइरहेको परिप्रेक्ष्यमा प्रदर्शन गर्न लागिएको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र “कबड्डी-३” हेरेर मनोरन्जन सँगै पुण्य कमाउनु हुन दक्षिण कोरिया स्थित विभिन्न संघ-संस्थाहरु, विविध पेशा, व्यवसायमा आबद्व तथा ईपिएस मार्फत विभिन्न कार्यमा संलग्न नेपाली दाजुभाई, दिदीबहिनी, विधार्थी, पत्रकार तथा बुद्धिजीवी लगायत सम्पूर्ण महानुभावहरुमा नेपाल मगर सङ्घ थेगु शाखा दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ । साथै अन्य विविध जानकारीका लागी उल्लेखित पोष्टर हेर्नुहुन र उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिनु हुन पनि संस्थाले अपिल गरेको छ । सम्पर्क ब्यक्तिहरु:- कुमार गर्बुजा :- 01064458452 चिरन थापा :-01065409633