Advertisement
SKIP THIS

मजदूर हक अधिकारका लागि आन्सानमा निकालियो र्‍याली


दिउसोको तीन बजे, एकनासे सिमसिम बर्षे झरी, तेसैपनी बिदेसि श्रमिकहरु अलिबढि आउजाऊ चहलपहल हुने ठाउ आनसान यग(स्टेसन) को एक नम्बर गेटैको आगनमा आईतबार दिउसोको ३ बजेतिर विभिन्न देशका एकैखाले राता स्टकोट (ड्रेस) लगाएका मानिसहरुको एउटा समूह आफुहरुलाई छाता र बर्सादिको साहाराले एकनासे सिमसिम झरिबाट जोगाउदै चर्का नारा लगाउदै थिए, (कोरियन भाषामा) आप्राबासि मजदुर एक हौ!, हाम्रो माग पूरा गर!,माइग्रेन्ट ट्रेड युनियन जिन्दावाद! यस्तै यस्तै।

संख्यामा दुई दर्जनजति मानिसहरुमात्रै भयपनी उनिहरुका चर्कानारा र भाषणले वरपर आउजाउ गर्ने बटुवाहरुको ध्यान खिचिरहेको थियो। सबैको हातमा प्लेकार्ड , ब्यानर लगायतका प्रचार समाग्रि थिए। त्यहा उनिहरुको माग लेखिएको थियो।उनिहरु आप्राबासि मजुदर संगठन एमटियु द्वारा आयोजित घुम्ती र्यालीमा सहभागी हुन त्याहाँ जम्मा भएका थिए। संगठनका प्रेसिडेन्ट उदय राई, भाईस प्रेसिडेन्ट सेख अल मामुन, सेक्रेटरि मधुसुदन ओझा, सदस्यहरु र अन्य कम्पनिबाट सोसित पिडित भएका र सो को गुनासो भन्न आएका ब्यक्तिहरु उपस्थिति रहेको थियो।

कम्पनि साहुबाट पिडित मध्यका एक ब्यक्ति थिए बंगलादेशि नागरिक मोहमद हुसन। उनि संगै अन्य तिनजना तीनबर्ष अगाडि इपिएसबाट कोरिया आएका थिए। पुछन स्थित फर्निचर बनाउने कम्पनिमा आएका उनिहरुलाई दुईमहिना पछि नै श्रम सम्झौतामा तोकिएको भन्दा अलगै कम्पनीमा काम गर्न लगाईयो,जुन अबैधानिक हो। आफुहरुलाई त्यसरि अवैधानिक रुपमा काम लगाएपछि साहुसंग गुनासो राखे। तोकिएकै कम्पनीमा काम दिनु कि त कम्पनि परिबर्तन गर्न अनुमति दिनु भन्दा साउले  ‘तिमिहरु तलब र काम सँग मात्र सरोकार राख त्यो दे कै छु। मैले भनेकै ठाउमा काम गर कि त बंङ्लादेश जा, भन्थे। समस्या तेतिमात्र थिएन। कन्टेनरको सानो कोठामा चार जना बस्नु पर्ने, तेसैमा खाना पकाएर खानुपर्ने गर्मिमा एसि र जाडोमा हिटर समेतको ब्यबस्था थिएन। गल्ति नै नगर्दा पनि बोलिपिच्छे अपस्द गालि गर्थे, धन्न त्यस्तो ठाउमा कसरी एक बर्ष बिताए अहिले सम्झिदा नि उदेक लाग्छ’, हुसन बताउदै थिए ।

तेहि स्थितीमा काम गर्दा ईलिगल भईने पक्का जस्तै भएपछि आफ्नो समस्या उन्ले चिनेका राना हुसनलाई सुनाए (राना हुसन एमटियुका सदस्य हुन।)। त्यसपछि रानाले मोहमद सहित अन्य तीनजनालाई पनि नोदङबु साथै लिएर गएर गुनासो राखे। नोदङ्बुले अनुसन्धान गर्यो । कम्पनीको गल्ती देखियो र कम्पनि परिबर्तन गर्ने अनुमती पायो । अहिले उनी आनसानको एक मेटल कम्पनिमा कार्यरत छन्।

उनी जस्तै अर्का पिडित थिए सिन्धुपाल्चोकका फुलमान तामाङ । तामाङको चार महिनाको तलब दिएको छैन। कम्पनिमा काम नचलेको, सामान बिक्रि नभएको वा यस्तै कुनै न कुनै बाहानामा तलब नदिने गर्दोरहेछ। कोरियामा तीन महिना भन्दा बढि समयको मजदुरको तलब नदिएमा कम्पनि मालिकलाई जेल, जरिवाना वा कम्पनीको दर्ता खारेज सम्म हुने नियम छ। तामाङ सहित उनी संगै अरु छ जानाले कम्पनीमा पटक पटक गुनासो पोखेपनि वाहाना तेर्सयाएर आलटाल गर्नेरहेछ। कम्पनिबाट पिडित भएपछि तामाङले एमटियुका अध्यक्ष उदय राईलाई सम्र्पक गरि गुनासो राखे। तेसपछि अध्यक्ष राईले मालिकलाई फोन गरि समयमै तलब नदिए अदालतमा रिपोर्ट गर्ने भनेपछि निश्चित समयको भाका राखेका छन। र तोकिएकै भाकामा तलबदिने मौखिक सहमती गरेका छन्।

यमटियु यस्तै आप्रवासि बिदेसि श्रमिकहरुको हकहितमा लाग्ने कोरियाको आधिकारिक संगठन हो। नेपाल, बंगलादेश, ईन्डोनेसिया,श्रिलंका, उज्वेकिस्तान , म्यानमार, थाईलेन्ड र भियतनाम गरि आठ देशका १६०० को संख्यामा आप्रावासि श्रमिकहरु यमटियुमा आवद्द छन। स्वइच्छाले कम्पनी परिवर्तन गर्नु पाउनुपर्ने , कोरियन कम्पनी का साहुले खानबस्न सुबिधा दिएबापत तलबको २०% सम्म काट्नपाउने जारि गरेको निर्देशिका खारेज गर्नुपर्ने, रोजगार अनुमति प्रणाली (इपिएस) खारेज गरि कार्यभिसा प्रणाली (WPS) लागू गर्नुपर्ने लगाएतको माग राख्दै आन्दोलन गरिरहेको छ। त्यसैगरि कृषि क्षेत्रको मजदुर कानुन को धारा ६३ खारेज गर्नुपर्ने, प्रबासि महिला श्रमिकलाई गरिने भेदभाब र दुर्व्यवहार बन्द गर्नुपर्ने, बिनाभिसाको आप्रबासिलाई भिसा प्रदानगर्नुपर्ने आदि माग राख्दै आईरहेको छ। त्यसैले बिदेसमै बिदेशि श्रमिककै हकहितका लागि एमटियुको सदस्य बनि आफ्नो हम अधिकारको लागि लड्न सबै मजदुर एक हुनु पर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...