Advertisement
SKIP THIS

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया बुसान क्षेत्रिय कमिटीद्धारा दुइ दिने अन्तरक्रिया सम्पन्न


प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया बुसान क्षेत्रिय कमिटीले प्रवासमा पार्टी कमिटीको औचित्य र देशको सम्बृद्धीमा यसको भुमिका शिर्षकमा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

यहि जुलाई १३ र १४ तारिकका दिन कमिटीले दक्षिण कोरियाको गजेदोमा एक रात एक दिनको आवासिय अन्तरक्रिया सम्पन्न गरेको हो । उत्त अन्तरक्रिया कार्यक्रमा देशको सम्बृद्धीको लागी प्रवासी कमिटीले अब खेल्नु पर्ने भुमिकाको बारेमा बिभिन्न बिषयहरुमा महत्वपुर्ण छलफल गरेको कार्यक्रम आयोजक सस्था तथा कार्यक्रम संयोजक सन्तोस बरालले बताए ।

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाका केन्द्रिय संयोजक परशुराम सापकोटाले उद्घाटन गरेको उत्त कार्यक्रमा मञ्चका केन्द्रिय सचिब दिलिप धिताल, द मिन्जु पार्टी आप्रवासी उपसमितीका उप सभापती यज्ञराज सुवेदी, एन आर एन ए एसिया प्यासेफिक उप संयोजक बिनोद कुवर, एन सि सी अध्यक्ष अन्जु केसी, मन्चका केन्द्रिय सदस्यहरु तथा बिभिन्न क्षेत्रिय कमिटीका अध्यक्ष लगाएत ठुलो संख्यामा मन्चका सदस्य तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा बत्ताहरुले फरक फरक बिषयमा छलफलको लागी बिषय बस्तु प्रस्तुत गरेका थिए ।

मन्चका केन्द्रिय संयोजक परशुराम सापकोटाले प्रवासमा पार्टी कमिटीको औचित्यबारे प्रकाश पारेका थिए । त्यसैगरी मन्चका केन्द्रिय सचिब दिलीप धितालले प्रवासी नेपाली एकता मञ्चको हालको संगठानिक अबस्था र अबको कार्ययोजनाबारे आफ्नो विचार राखेका थिए । कार्यक्रममा द मिन्जु पार्टी आप्रवासी उपसमिती उप सभापती यज्ञराज सुवेदीले कोरियाको आप्रावासी कानुन, बिमा, नेपालीलाई खुक्मिनमा समावेस गराउन प्रवासी नेपाली एकता मञ्चले गर्नु पर्ने अबको पहल र कोरियाको पार्टी कमिटी सञ्चालन संरचनाबारे जानकारी गराएका थिए । त्यसैगरी एन आर एन ए एसिया प्यासेफिक उप संयोजक बिनोद कुवरले नेपालमा लगानीको सम्भावनाबारे आफ्नो विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्य श्रमदिप चौलागाँईले उपभोगमा सकिने रेमिटेन्सलाई पछौटेपनको अन्त्य गर्दै संवृद्धीको उदयमा जोड्ने अवसर र चुनौतीहरुबारे प्रकाश पारेका थिए । त्यस्तै केन्द्रिय सदस्य चुडामनी अधिकारी र मिना थापाले पार्टीका आन्तरिक बिषयहरुमा र केन्द्रिय सदस्य ठगेन्द्र न्यौपानले प्रवासको श्रम र सिप स्वदेशमा कसरी जोड्ने समन्धमा जोड दिएका थिए । कार्यक्रममा अर्का बक्ता न्यु भिजन ग्रुप कोरियाका संयोजक संजिब कुमार राईले जातिय तथा क्षेत्रिय संघ सस्था सग प्रवसी नेपाली एकता मञ्चको सहकार्य आदन प्रदानको बिषयमा आफ्नो राय व्यक्त गरेका थिए ।

कार्यक्रममा मन्चका केन्द्रिय सदस्यहरु दिपक पुन , खगेन्द्र बुढा , इश्वर कठाएत , लालकाजी बस्नेत , दिपेन्द्र अधिकारी , भिम गुरुङ्ग ,लक्ष्मण पाण्डे , प्रितम गरुङ्ग , पुरुषोतम गौतम , श्री प्रसाद श्रेष्ठले आआफ्नो विचार राखेका थिए । त्यसै गरी मञ्चका क्षेत्रिय अध्यक्षहरु मदन उप्रेती फारान सुवन , सचिन कार्की थेजन , सुजन ज्ञावली थेगु , कृष्ण मगर इन्छन ,सन्तोस सिग्देल आन्सान , वाई बि मगर सउल , हर्क के.सी गजेदो तथा उइजंबु प्रतिनधी सुन्दर पन्थिलगायतले कार्यक्रमा आफ्ना भनाइहरु राखेका थिए ।

बुसान कमिटीका सचिब सागर पोखरेलले संचालन गरेको उक्त कार्यक्रममा टगेन्द्र राईले स्वागत मन्तब्य राखेका थिए भने क्रार्यक्रमको ढाचा र समय तालीकाको बारेमा प्रसान्तराज बानियाले प्रस्ट पारेका थिए ।
अन्तरक्रिया कार्यक्रमको दोस्रो दिन बिहान भएको अन्तर संगठन फुटसल प्रतियोगिता प्रवासी नेपाली एकता मञ्च केन्द्रिय कमिटीको टिमले बुसान क्षेत्रिय कमिटीको टिम र मिर्याङको टिमलाइ हराएर प्रथम हुदै हौसल्ला स्वरुप ५०००० वन नगद पुरुस्कार पनि जितेको थियो । उत्त पुरुस्कार मन्चका संयोजक तथा सचिवले सयुत्त रुपमा केन्द्रिय कमिटीका टिम क्याप्टेन दिपेन्द्र अधिकारीलाइ हस्तान्तरण गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • काभ्रे सम्पर्क समितिको ८औँ अधिवेशन सम्पन्न, सुष्मा थापा अध्यक्षमा निर्विरोध
  • कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...