च्याउ खेतीमा चम्किए पाँचथरे किसान


भीमकुमार बाँस्कोटा
फिदिम- एकतीनका सातजना कृषकले चार रोपनी जमिनमा सामूहिक रूपमा च्याउ खेती गरिरहेका छन् । उनीहरूले २० वटा टनेलमा चार हजार पोकामा च्याउ लगाएका छन् । एउटा टनेलमा दुई सय पोका च्याउको खेती गरिएको छ । आफूहरूले जम्मा चार हजार पोका च्याउखेती गरेको उनीहरू बताउँछन् ।
 
कृषि विकास कार्यालयबाट युवा लक्षित व्यावसायीक च्याउ उत्पादन कार्यक्रम अन्तर्गत दुई लाख ८० हजार अनुदान पाएपछि उनीहरूले सामूहिक रूपमा च्याउखेती सुरु गरेका हुन् । “निकै राम्रो आम्दानी भइरहेको छ,” च्याउखेतीमा संलग्न नन्दकुमार आङ्थुपो भन्छन्, “कम मेहनतमै राम्रो आम्दानी लिन सकिने रहेछ ।” आफूहरूले मासिक एक लाख ५० हजारसम्म आम्दानी गरेको उनीहरूको दाबी छ । प्रतिकिलो एक सय ५० रूपैयाँमा खेती गरेको स्थानबाटै उनीहरू च्याउ बेच्छन् । यहाँका सातजना कृषकले कम मेहनत र थोरै लगानीमा च्याउखेतीबाट राम्रै आम्दानी लिन थालेपछि गाउँका अरू कृषकहरू पनि च्याउखेती गर्ने तयारीमा छन् ।
 
यता, जिल्लाको सुख्खाक्षेत्र आङ्नाका २८ वर्षीय देवीप्रसाद तामाङले पनि आफ्नै लगानीबाट व्यावसायीक च्याउखेती सुरु गरेका छन् । पानीको अभावले धान, मकै लगायतका खेती गर्न गाह्रो परेपछि तामाङले च्याउखेती सुरु गरेका हुन् । २२ हजारको लगानीबाट तीन सय पोकामा च्याउखेती सुरु गरेका तामाङले दुईपटकको उत्पादनबाट आम्दानीको स्वाद चाखिसकेका छन् । छोटो समयमै लगानी उठाइसकेका छन् उनले । “दुईपटकको उत्पादनमा तीन सय किलो च्याउ बिक्री गरें,” उनी भन्छन्, “प्रतिकिलो दुई सयले बिक्री गर्दा ६० हजार आम्दानी लिएको छु, बजारको अभाव छैन, गाउँकै मागलाई धान्न सकिएको छैन ।”
 
कृषि विकास कार्यालयका डिल्ली पौडेलका अनुसार च्याउखेती गर्न धेरै खर्च लाग्दैन । स्थानीयस्तरमा पाइने धानको पराल टुक्र्याएर एक रात भिजाएपछि पोको पारेर च्याउको बिउ राख्न सकिन्छ । पोकामा बिऊ राखेको ३५ दिनभित्र च्याउ खान उपयक्त हुन्छ । च्याउखेतीलाई झुल्के घाम र अस्ताउन लागेको घामबाट बचाउनु पर्ने भएकाले पाल अथवा प्लाटिकको आवश्यकता पर्छ । कृषकहरूका अनुसार दिनमा तीनपटक च्याउको बिऊ राखेको पोकामा पानी दिए च्याउ राम्ररी फष्टाउँछ ।
 
जिल्लामा आयआर्जनको दृष्टिले गत सालदेखि च्याउखेती सुरु गरिएको हो । युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ कृषि कार्यालयले च्याउखेतीका लागि अनुदान दिन थालेपछि यसको खेतीमा वृद्धि भएको छ । “च्याउको बजार अभाव हुन्न,” कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत बेनुप्रसाद प्रसाईं भन्छन्, “उत्पादन भएको च्याउ नबिक्ला भन्नु पर्दैन, कृषकले छोटो समयमै राम्रो आम्दानी लिन सक्छन् ।” च्याउबाट स्वादिष्ट भोजनका लागि मीठो परिकार बनाउन सकिने भएकाले बजारमा च्याउको माग बढ्दो छ । मानिसहरूले च्याउबाट तरकारी र विभिन्न परिकारका अचारहरू बनाएर खाने गर्छन् ।
 
गत सालदेखि सुरु गरिएको च्याउखेतीतर्फ जिल्लाका अधिकांश गाविसका कृषकहरू आकर्षित बन्दैछन् । फिदिम, चोकमागु, सिवा, आङ्ना, एकतीन, च्याङथा पुलगायत गाविसका एक सय ७२ घर कृषकहरूले व्यावसायीक रूपमा च्याउखेती सुरु गरेका छन् । कार्यालयका अनुसार जिल्लामा १२ हजार नौ सय २० पोका च्याउको खेती व्यावसायीक रूपमा गरिएको छ ।
 
यो वर्ष मात्र १९ हजार पाँच सय ६६ किलो च्याउ उत्पादन गरिएको कृषि कार्यालयका तथ्यांकमा उल्लेख छ । यो वर्ष ३८ लाख ३० हजार चार सय ६५ रूपैयाँ बराबरको च्याउको कारोबार भएको कार्यालयले जनाएको छ । “च्याउको माग बढ्दो छ,” प्रसाईं भन्छन् “बजारको मागलाई ध्यानमा राखेर कार्यालयले पनि कृषहरूलाई च्याउखेतीतर्फ पे्ररित गर्ने गरेकाले आउँदो वर्ष करोडौं मूल्य बराबरको च्याउ उत्पादन हुन्छ ।”

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...