Advertisement
SKIP THIS

कोरियामा 'हिउँद कविता-२०१५' हुने


थेगु-हिउँको चिसोले कठ्याङ्ग्रीएको कोरियालाई नेपाली कवि, गजलकारहरूले आफ्ना साहित्यिक सृजना मार्फत तताउने भएका छन्। यही डिसेम्बर २७ तारेखका दिन नेपाली साहित्य समाज दक्षिणकोरिया (नेसास) र अन्तराष्ट्रिय नेपाली साहित्य समाजको कोरिया च्याप्टर (अनेसास)को संयुक्त आयोजनामा ‘हिउँद कविता २०१५’ नामक साहित्यिक कार्यक्रम हुने भएको हो।
 
कार्यक्रम दक्षिण कोरियाको थेगु शहरमा आयोजना हुनेछ। बिहान ठिक ९ बजेदेखि शुरु हुने भएको यो कार्यक्रमलाई दुई भागमा बिभाजन गरिने भएको छ। पहिलो चरणमा नेपाली कविताको वर्तमान अवस्था, प्रवासको साहित्य र यसलाई हेरिने दृष्टिकोणका बारेमा अन्तर्क्रिया हुनेछ। अन्तर्क्रियामा कवि रमेश सायन र कवि प्रमोद सारङ्गलाई कवि जीवन खत्रीले सहजीकरण गर्नेछन्। अन्तर्क्रियामा वर्तमान नेपाली साहित्य र नेपालीको कविताको मूलधारमा रहेर दर्शकदृघबाट उठेका जिज्ञासाहरुको समेत समाधान’ खोज्न प्रयास गरिने नेसास कोरियाकी अध्यक्ष्य कल्पना राईले बताइन्। कार्यक्रमको दोस्रो चरणमा कोरियाली कवि तथा नेपाली अग्रज कविहरूको आतिथ्यमा उपस्थित सबै साहित्यकर्मीहरूका कविता वाचन गरिने भएको छ।
 
कार्यक्रममा कविताका अलावा गीत, गजल, मुक्तक, हाइकु लगायत छोटो समयमा सुनाउन सकिने सबै बिधालाई उत्तिकै स्थान दिने जानकारी गराइएको छ। कार्यक्रमलाई दुई चरणमा बिभाजन गरेर बौद्धिक बहस समेत गरिने भएकाले यस कार्यक्रमलाई बिशेष रुपमा हेरिएको छ। केही महिना अघि कोरियामा रहेका कविहरूले ‘वसन्त कविता २०१५’ नामक कार्यक्रम आयोजना गरेका थिए। ‘त्यही कार्यक्रमको सफलताले उक्साएर ‘हिउँद कविता २०१५’ आयोजना गर्न लागेका हौँ’ कार्यक्रम आयोजक अञ्जान काँइलाले भने। केही अघि नेपालमा गएको प्राकृतिक महाविपत्ति भूकम्पले धेरै धनजनको क्षति भएको थियो। उक्त समयमा पनि यहाँका नेपाली साहित्यकर्मीले सहयोग अभियाननै चलाएर आर्थीक सहयोग संकलन गरि पीडितहरूलाई पठाएका थिए।
 
हाल पनि नेपालकाप्रति भारतले गरेको अघोषित नाकाबन्दीले देशमा अनेकौँ कष्ट बढिरहेको छ। यसले मानविय संकट पैदा हुने संभावना पनि उत्तिकै छ। यस्तो अवस्थामा प्रवासमा रहेका साहित्यकर्मीहरूका माझमा हुने यस्तो खालको कार्यक्रमले नेपाली साहित्यकर्मीहरूका बिचमा राष्ट्रिय एकता जगाउन समेत उत्तिकै सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा कोरियामा रहेका नेपाली बिद्दार्थीहरू, समाजिक संघसंस्थाका प्रतिनिधीहरू, राजनैतिक व्यक्तित्वहरू, गैह्र आवासिय नेपाली सँघका पदाधिकारी तथा सदस्यहरू, व्यावसायिहरू, रोजगारीको सिलसिलमा आएका व्यक्तिहरू लगायत नेपाली साहित्यलाई माया गर्ने सबैलाई सकभर खबर गरिने र खबर पुग्न नसकेमा यही समाचारलाई आधार मानेर उपस्थित हुन समेत आयोजकले अनुरोध गरेको छ।
 
कार्यक्रमलाई अनलाइन रेडियो ‘रेडियो हिमालय’, रमाइलो डट कम, र यूट्युबबाट संसारभर प्रत्यक्ष्य हेर्न र सुन्न सकिने ब्यवस्था गरिने जानकारी गराईएको छ। त्यस्तै फोनिजकोरिया डट कमले मिडिया सहयोगीको भूमिका निभाउने भएको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि
१, प्रमोद सारङ्ग – 01068748504
२, कल्पना राई – 01059697010
३, खगेन्द्र पराजुली -01021426840
४, मणी भुसाल -010-64425453
५, नविन नेपाल – 01048354487
६, मिलन किराती – 01059426533
७, अज्ञात पाल्पाली -010-8696-2025
८, लबकुश माल्टालि 010-4965-8922
९, लोकेन्द्र गुरुङ – 01068499205
१०, देव सागर – 01068495538

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...